बंगलादेशले ५० हजार मेट्रिक टन युरिया मल नेपाल पठाउने

कृषि/पशुपालन    देश

बंगलादेशले ५० हजार मेट्रिक टन युरिया मल नेपाल पठाउने
१७ भदौ, काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच भएको टेलिफोन बार्तामा बंगलादेशले ५० हजार मेट्रिक टन युरिया मल नेपाललाई पैंचो दिने बताएको छ । नेपालमा मल आपुर्तीको ठेक्का पाएको कम्पनीले समयमा मल ल्याउन नसकेपछि प्रधानमन्त्री ओलीले सक्रियता देखाएका हुन् । वार्ताका क्रममा पछि फिर्ता गर्ने शर्तका आधारमा ५० हजार टन युरिया मल पठाउन सहमति भएको छ । मल ढिला आउँदा नेपालको धान बालीलाई प्रतिकूल असर परिरहेको बेला नेपालका लागि यो ठूलो सहयोग हुनेछ । नेपाल र बङ्गलादेशबीच कोरोना भाइरस (कोभिड–१९) को अहिलेको सङ्कटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच मङ्गलबार दुई देशका अत्यावश्यक विषयमा थप सहकार्य गर्ने सहमति भएको हो । प्रधानमन्त्री शेख हसिनाले बङ्गलादेशको कृषि क्षेत्रको सफलताको कथाबाट फाइदा लिनसक्ने औँल्याए । भारत लगायत सार्क मुलुकबाट आउने गरेको युरियासहित मलको आयात यसपटक कोरोना सङ्कटका कारण प्रभावित बनिरहेको छ । यसका कारण प्रधानमन्त्री ओलीले फोन गरेरै मित्रराष्ट्र बङ्गलादेशलाई तत्काल मल पठाइदिन आग्रह गरेको हो । यस सिजनमा हुर्कदै गरेको धान बालीका लागि मल अत्यावश्यक पोषण हो । प्रधानमन्त्री ओलीले बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा बङ्गलादेशी समकक्षी, त्यहाँको सरकार र बङ्गलादेशका जनतालाई बधाईसमेत दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...