इजरायलमा मगर समुदायको राष्ट्रिय पर्व माघ्या सकाराटी (माघे सक्रान्ति )पर्व भब्य रुपले मनाउदै !

अन्य

पुष २४ फिष्टेल न्युज तेल अभिव ,इजरायलमा यस बर्ष पनि मगर समुदायले माघ्या सकाराटी(माघे सक्रान्ति ) पर्व १२ जनवरी २०२४ (शुक्रबार )तेल अभिवमाभब्य रुपले मनाउने भएको छ !नेपाल मगर संघ शाखा इजरायलले आयोजना गर्ने यस कार्यक्रममा बैदेशिक रोजगारको शिलशिलामा इजरायलमा रहनु हुने सम्पूर्ण मगरहरु तथा गैर मगरहरुको उपस्थिति रहने छ। यस बर्ष अक्टुबर ७ तारिख हमास कट्टर पन्थी आतंककारी समुहले इजरायल माथि गरेको भिषण आक्रमण पश्चात शुरु भएको युद्द तीन महिना बिति सक्द्दा पनि अन्त्य हुने कुनै संकेत नरहेको यस कठिन परिस्थितिमा इजरायलमा तमु समुदायको ल्होसार साथै , धेरै जसो संघ संस्थाले आफ्नो कार्यक्रममाहरु स्थगित गरेको छ ! कर्म भूमिमा इजरायल र हमास ,हिजबुल्लाह समूह बिचको चलिरहेको युद्दबाट शृजना भएको यस कठिन परिस्थितिमा पनि स्थितिलाई मध्यजर गर्दै र हमासको आक्रमणमा परि ज्यान गुमाएका १० नेपाली प्रति श्रद्दान्जली ,घाइतेको शीग्र स्वस्थ लाभ तथा अझै हमास अताङ्काकरिहरुको अपहरणमा परि जीवन र मृत्युको दोसांदमा कठिन दिन बिताई रहेको बिपिन जोशीको यथाशीग्र रिहाईको माग गर्दै मगर समुदायको बिशेष पर्व मनाउन लागेको नेपाल मगर संघ शाखा इजरायलका अध्यक्ष सुर्य बहादुर रानाले बताउनु भएको छ !''भेषभुषा ,भाषा लिपि ,धर्म ,संस्कार र संसकृतिको संरक्षण एवं बिस्व भरिका मगरहरुको एकता अहिलेको आवस्यकता ''भन्ने मूल नाराका साथ् मनाउने यस कार्यक्रममा स्थानीय कलाकारहरुको मगर पहिचान बोकेका विभिन्न सांसकृतिक कार्यक्रम लगायत ,मगर समुदायको मिठा मिठा परिकारहरुको स्वाद लिन पाउने छन् !उक्त बिशेष कार्यक्रममा उपस्थिति हुनको लागि नेपाल मगर संघ शाखा इजरायलले इजरायलबासी मगर तथा गैर मगरहरु सम्पूर्णमा अनुरोध गरेको छ । यस सस्थाले प्रतेक बर्ष माघ्या सकाराटी पर्व भब्य रुपले मनाउदै आएको छ। मिती :- १२ जनवरी २०२४ (शुक्रबार ) स्थान :-मोशे मतालोंन ७५ तेल अभिव याफो
समय :- साँझ ठिक ७ बजे


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...