शुक्रबार नेपालमा २२४ नया कोरोना संक्रमित थपिए।

स्वास्थ्य

शुक्रबार नेपालमा २२४ नया कोरोना संक्रमित थपिए।
जुलाई ३१ काठमाडौँ :-नेपालमा शुक्रबार २ सय २४ नया कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घन्टामा देशभर २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ।यसै गरी पछिल्लो २४ घण्टामा १ सय ५१ जना निको भइ घर फर्किएका छन् । यससँगै १४ हजार ३ सय ९९ जना कोरोनाबाट मुक्त भएका छन्।नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ रहेको छ।‍

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...