नेपालमा कोभिड-१९ का कारण थप एकको मृत्यु ,४१ जनाको मृत्यु र १५० नया संक्रमित थपिए।

स्वास्थ्य

नेपालमा कोभिड-१९ का  कारण थप एकको मृत्यु ,४१ जनाको मृत्यु र १५० नया संक्रमित थपिए।
जुलाई २२ काठमाडौं:कोरोनाभाइरस कोभिड १९ संक्रमितको उपचारका क्रममा -प्रदेश १ मा दोस्रो व्यक्तिको मृत्यु भएको छ। प्रदेश २ को महोत्तरी जिल्लाका ६० वर्षीय शशि भूषण झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ उपचारका क्रममा मंगलबार राती मृत्यु भएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा. संञ्जीवकुमार शर्माले जानकारी दिए। त्यसैगरि, प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतक झा कोभिड १९ कै लक्ष्यणसहित गम्भीर अवस्थामा साउन ३ गते अस्पतालमा भर्ना भएका थिए। प्रवक्ता सापकोटाले झालाई अस्पतालमा भर्ना गर्दा परिवारले महोत्तरीस्थित घरमा असार २८ गतेबाटै उच्च ज्वरो आएको जानकारी दिएका थिए।साउन ३ गते भर्ना गरिएसँगै मृतक झाको स्वाब नमूना परीक्षण गरिएको र साउन ४ गते कोभिड १९ संक्रमण पुष्टि भएको उनले बताए । बेलुका झाको मृत्यु भएसँगै शव राती १२ बजे प्रतिष्ठानबाट नेपाल सरकारको प्रक्रिया अन्र्तगत टोलीले लगिसकेको प्रवक्ता सापकोटाले जानकारी दिए। यससँगै मुलुकमा कोभिड १९ को कारण ४१ जनाको मृत्यु भएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...