पोखरामा प्रहरीको गोली लागेर एक लागु औषध कारोबारी घाइते ।

अपराध

पोखरामा प्रहरीको गोली लागेर एक लागु औषध कारोबारी घाइते ।
जुन १२ पोखरा :- पोखराको उत्तमचोकमा प्रहरीले गोली हानी एक जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागू औषधको कारोबार हुँदै गरेको जानकारी पाएपछि प्रहरीले पक्राउ गर्न खोज्दा उल्टै प्रहरीलाई नै आक्रमण गरेपछि प्रतिरक्षामा प्रहरीले गोली चलाएको हो। प्रहरीले चलाएको गोलीबाट पोखरा रामबजारका ३० वर्षीय गोविन्द थापा घाइते भएका छन् भने २ जना फरार भएकाछन् । घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा प्रहरीको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पोखराको उत्तमचोकमा रहेको एक क्याफेमा प्रहरीले उनीहरुलाई लागूऔषध लिएर हिँडेको विशेष सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो । घटनामा प्रहरी सन्तोष सुबेदी पोखराको उत्तमचोकमा प्रहरीले गोली हानी एक जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागू औषधको कारोबार हुँदै गरेको जानकारी पाएपछि प्रहरीले पक्राउ गर्न खोज्दा उल्टै प्रहरीलाई नै आक्रमण गरेपछि प्रतिरक्षामा प्रहरीले गोली चलाएको हो।प्रहरीले उनीहरुको साथबाट १५ सय थान लागूऔषध बरामद गरेको छ भने घटनास्थलबाट प्रहरीले घाइते थापाले प्रयोग गरेको ग१३प ८२२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...