पोखरामा भारतीय गाडीको ताण्डव ,६ घाइते एक घम्भीर ।
अन्य
त्यस्तै, कारले पल्सर पछि होन्डा कम्पनीको स्पलेन्डर मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक पोखरा ३२ तल्लो गगनगौडा बस्ने ५२ वर्षीय नुरुल शाह घाइते भएका छन् । उनको दाहिने खुट्टा भाँचिएको र अप्रेसन गर्नुपर्ने उपचारमा संलग्न हस्पिटलका डा निलकण्ठ लामिछानले जानकारी दिए ।अन्य घाइते हुनेहरुमा पोखरा ७, मासबार बस्ने २३ वर्षीय रिगु कुमार रहेका छन् । उनी भारतीय नागरिक हुन् , पेन्टिङ पेशाम आबद्ध रिगुका अनुसार कारले अकस्मात सोरेर लतारेको सुनाए । अन्नपूर्ण गाउँपालिका ८ निवासी २६ वर्षीया सुनिता अधिकारी समेत सामान्य घाइते भएकी छन् ।
कारले १ ट्याक्सीलाई समेत ठक्कर दिएको थियो । ठक्करबाट ट्याक्सी चालक मदन नेपाली सामान्य घाइते भएका छन् । उनको ग१ज २७८६ नम्बरको ट्याक्सीमा क्षति पुगेको छ । कारले अन्यलाई ठक्कर दिएको हुन सक्ने शंका प्रहरीले गरेको छ । साथै, कार धनी हरियाणाका मेहर पटेललाई समेत हिरासतमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता केसीले जानकारी दिए ।
‘डिकं एन्ड ड्राइभ’ संलग्न चालक अर्घाखांचीका अजय बराल र सवारीलाई ठक्कर दिएर भागेको केही मिनेटमै सेदीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु भारतदेखि पोखरा घुम्नका लागि आएको हुन् ।
कार चालक अजय बरालको मेडिकल परीक्षण रिपोर्ट आएपछि मदिरा पिएकोबारे पुष्टि हुने प्रवक्ता केसीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । 
