पोखरामा ६ जना जुवाडे पक्राउ ,१ लाख भन्दा बढी रकम बरामद।

अपराध

पोखरामा ६ जना जुवाडे पक्राउ ,१ लाख भन्दा बढी रकम बरामद।
जुलाई ५ पोखरा :-पोखरा १४ चाउथेबाट ६ जुवाडेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।अनुपम टोलस्थित ५५ वर्षीय भिमबहादुर तिमिल्सिनाको घरमा जुवा खेलिरहेको अवस्थामा शुक्रबार वडा प्रहरी बगरको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए । जुवाखालबाट प्रहरीले १ लाख १० हजार ९ सय २५ रुपैयाँ र ४ बुक तास बरामद गरेको छ ।पक्राउ पर्नेमा घरधनी भिमबहादुर तिमिल्सना, ३५ वर्षीय आकाश अधिकारी, ४९ विजय गुरुङ, ३० वर्षीय रुपनारायण पुन, ३० वर्षीय भिमबहादुर मगर र ५२ वर्षीय रवीन्द्रकुमार गुरुङ छन् ।उनीहरु विरुद्ध जुवातास सम्बन्धी मुद्दामा म्याद थप गरी कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...