नेपाली कांग्रेसको उपसभापती गच्छदारलाई अख्तियार दुरुपयोगले भ्रस्टाचार मुद्दा दायर गरेको बिरोधमा ने बि संघको प्रदर्शन ।

राजनीति

नेपाली कांग्रेसको उपसभापती गच्छदारलाई अख्तियार दुरुपयोगले भ्रस्टाचार मुद्दा दायर गरेको बिरोधमा ने बि संघको प्रदर्शन ।
फेब्रुवरी ९ काठमाडौँ :-बहु विवादित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पार्टीका उपसभापति बिजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा नेपाली कांग्रेसले सदनसँगै सडकमा पनि विरोध प्रदर्शन गरेको छ ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ ।पार्टीका उपसभापति एवं ससदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटारको सरकारी जग्गा हिनामिना गरी भ्रष्टाचार गरेको आरेपमा अख्तियार दुरुपयोय अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो । ‘भ्रष्टाचारी सरकार चाइँदैन, निर्दोषलाई फसाउन पाइँदैन’, ‘ठगलाई सम्मान, निर्दोषलाई अदालत’, ‘विभेद र पूवाग्रह मानिँदैन, काण्डै काण्डको सरका चाहिँदैन’, लगायतका प्लेकार्ड बोकेका कांग्रेस कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । अख्तियार सरकारको छायाँ बनेको, भ्रष्टचार मुद्दालाई राजनीतिक पूर्वाग्रहका आधारमा दर्ता गरिएको भन्दै नेविसंघको नेतृत्वमा कांग्रेस भातृ संगठनहरुले दिउँसो १ बजेदेखि माइतीघरमा प्रदर्शन गरेका थिए ।उनीहरुले सत्तारुढ दलका नेताहरुलाई चोख्याएर कांग्रेसका नेतालाई छानीछानी मुद्दा चलाउने अख्तियारको निर्णय राजनीतिक प्रतिशोधपूर्ण भएको बताएका छन् ।कांग्रेस उपनेता गच्छदारविरूद्ध मु’द्दा दाएर गरेको भन्दै अख्तियारको वि’रोधमा नेविसंघद्वारा निर्दोषलाई दो’षी र दो’षीलाई उन्मुक्ति दिन खोजिएको भन्दै शुक्रबार माइतीघर मण्डलामा नेविसंघका नेताहरुले अख्तियार सरकारको छायाँमा परेको आ रोप लगाएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...