नेपाल आदिबासी महासंघ इजरायलको बार्षिक उत्सव तथा साधारण सभा भब्य रुपले सम्पन्न ,तारा काउचा मगर अध्यक्षमा पदमा निर्बाचित ।
विदेश
आदिबासीहरुको भेष भुषा भाषा, लिपि, कला, संस्कृति, परम्परागत मौलिक रितिरिवाजहरु संरक्षण तथा सम्बर्धन गर्न , सामाजिक, शैक्षिक र राजनीतिक रुपमा राज्यले लामो समय देखि थिचोमिचो पारेको बिषयमा सबै उत्पीडित समुदायलाई सचेत गराउने र एक जुट भएर आफ्नो अधिकारहरु प्राप्त गर्न महासंघ केन्द्रले चालेको कदमहरुलाई प्रवासमा बसेर सहयोगहरु गर्ने उदेश्यले सन् २०१३ मा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ इजरायलले सात बर्ष पुरा गरेको अवसरमा सातौं बार्षिकोत्सव केक काटेर मनाईएको थियो ।
कार्यक्रम सभापती तथा प्रमुख अतिथी ज्युले दीप प्रज्वलन गरेर शुरु गरिएको सो कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष तारा काउचा मगरले शुभकामना मन्तब्य दिनु भएको थियो । नेपाल आदिवासी जनजाति महासंघ इजरायलका संस्थापक अध्यक्ष एवं संरक्षक परिषद सदस्य श्री तेन्जिङ शेर्पा ज्यु, बिशेष अथिति NRNA NCC इजरायलका अध्यक्ष श्री शान्ता अधिकारी ज्ञावाली, नेफिन इजरायलका सल्लाहकारहरु राष्ट्रिय संगठन संस्थाका अध्यक्ष एवं प्रतिनिधि ज्युहरुले शुभकामना मन्तब्य दिनु भएको थियो |बार्षिक प्रतिबेदन महासंघका महासचिव समिर लामा श्याङ्बाले पेश गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन महासंघका कोष अध्यक्ष मन कुमारी पुर्जा मगरले पेश गर्नु भएको थियो | कार्यक्रम महासंघ इजरायलका महासचिव समिर लामा श्याङ्बा र प्रथम सचीव खुसी घलेले संचालन गर्नु भएको थियो ।
प्रथम चरणको कार्यक्रमको समापन पछि दोस्रो चरणमा साधारण सभा कार्यक्रममा नेफिन इजरायलका नि-वर्तमान अध्यक्ष श्री नरेश कुमार श्रेष्ठको संयोजकत्वमा निर्बाचन समिती गठन गरिएको थियो ।सर्ब सम्मतबाट निर्बाचित सम्पूर्ण पदाधिकारीहरूको घोषणा पछि ओहदाको प्रमाण-पत्र प्रदान गर्नु हुँदै निर्बाचन समिती संयोजक नरेश कुमार श्रेष्ठले सपथ खुलाएका थिए भने यस पटक आफ्नो मौलिक भाषामा सपथ लिनु भएको थियो ।

