किरांत याक्थुङ्ग चुम्लुङ्ग इजरायलको अध्यक्षतामा पुन गीता तुम्बाहान्फे निर्बाचित |

जनजाती बिशेस

किरांत याक्थुङ्ग चुम्लुङ्ग इजरायलको अध्यक्षतामा पुन गीता तुम्बाहान्फे निर्बाचित |
अप्रिल १५ तेलअविव :– किराँत याक्थुङ चुम्लुङ इजरायलको पाँचौ वार्षिकोत्सब तथा साधारणसभा तेल अवीभमा सम्पन्न भएको छ |१३ अप्रिल २०१८ शुक्रवार सम्पन्न भएको पाँचौ वार्षिकोत्सब कार्यक्रम संस्थाकी अध्यक्ष गिता तुम्बाहाङ्फेको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथिमा नेपाली राजदुतावास इजरायलका उपनियोग प्रमुख श्रीमती आस्था सुब्बा रहनु भएको थियो भने बिशेष अतिथिहरुमा एनआरएनए इजरायलका अध्यक्ष छिरिङ शेर्पा ,नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नयन इमासोङ लिम्बु ,अतिथिहरुमा इजरायलमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुहरु रहनु भएको थियो |इजरायलमा संचालित अनलाइन मिडिया कर्मीहरु र इजरायलमा रहनु भएका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।   कार्यक्रमको उद्घाटन याक्थुङहरुको मौलिक बाजा “के” प्रमुख अतिथी श्रीमती आस्था सुब्बा ज्यु र सभापति गिता तुम्बाहाङ्फेले “के” च्याब्रुङ बजाएर गर्नु भएको थियो भने कार्यक्रममा निवर्तमान कोषाध्यक्ष आइन्द्र योङ्या ज्युले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो र महासचिव कुमार आङ्देम्बे अविले वर्षभरिको कियाचु इजरायलको गतिविधि प्रस्तुत गर्नु भएको थियो।सस्था पाँचौ वर्ष पूरा भएको उपलक्ष्यमा केक काटेर मनाएको थियो ।

साधारणसभा द्वारा पुनः गिता तुम्बाहाङ्फेको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्वाचित भएका छन् | निर्बाचित नया कार्यसमिति यस प्रकार रहेका छन् :-

अध्यक्ष: – गिता तुम्बाहाङ्फे प्रथम उपाध्यक्ष: – जगत कन्दङ्वा उपाध्यक्षहरु :– पुर्ण चोङ्बाङ,चन्द्रा चोङ्बाङ महासचिव:-कुमार आङ्देम्बे (अबि) सचिव :– नुमा बखिम कोषाध्यक्ष :– कन्चन बखिम अर्थसचिव :– राज आङ्देम्बे, सचेतकहरु:- ममता लिम्बु,बिष्णु इवा र कमला कन्दङ्व सदस्यहरु:- वषन वनेम,खुमा लिम्बू ,माया इम्सोङ,जया चेम्जोङ,नेहा इङ्नाम र शान्ति सेर्मा रहेका छन् |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...