जेरुसलेम विवाद फेरि चुलियो ।

विदेश

जेरुसलेम विवाद फेरि चुलियो ।

डिसेम्बर ०३ जेरूसेलाइम:-संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने घोषणा गर्ने ठानिएसँगै अरब मुलुकहरुमा त्यसको विरोध बढेको छ।राष्ट्रपति ट्रम्पले यसै हप्ता सो सम्बन्धी एक वक्तव्य जारी गर्ने ठानिएको छ। तर अमेरिकी दूतावासलाई जेरुसलेम सार्ने उनको चुनावी अभियान ताकाको बाचा अनुरुप कदम चाल्न भने उनले थप ढिलाई गर्ने ठानिएको छ। अरब लिगका प्रमुख‚ जोर्डन र प्यालेस्टिनी राष्ट्रपतिले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने घोषणाको परिणामबारे चेतावनी दिएका छन्।इजरेल र अरब देशहरुबीच असहमतिका विषयहरुमध्ये जेरुसलेमको भविष्य पनि एक हो।

अमेरिकी कांग्रेसद्वारा सन् १९९५ मा अनुमोदन गरिएको इजरेलको राजधानी जेरुसलेममा सार्ने सम्बन्धी प्रस्ताव कार्यान्वयन नगराउनका लागि राष्ट्रपति ट्रम्पसहित प्रत्येक अमेरिकी राष्ट्रपतिले हरेक ६ महिनामा एउटा निर्णयमा हस्ताक्षर गर्दै आएका छन्। सोही अनुरुप अमेरिकी दूतावासलाई तेल अभिभबाट जेरुसलेम सार्न ढिलाई गर्ने पछिल्लो म्याद सोमबार गुज्रिंदैछ। चुनावी अभियानका क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पले दूतावास सार्ने प्रतिबद्धता बारम्बार व्यक्त गरेका थिए।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...