दक्षिण कोरियामा पनि कोरोना भाईरस सक्रमण देखियो नेपालीहरुलाई सावधान रहन दुताबासको आग्रह ।

विदेश

दक्षिण कोरियामा पनि कोरोना भाईरस सक्रमण देखियो नेपालीहरुलाई सावधान रहन दुताबासको आग्रह ।
फेब्रवरी २३ सियोल :-चीनको बुहानबाट फैलिएको कोरोना भाईरस संक्रमण दक्षिण कोरियामा समेत भयाबह बन्न थालेको छ ।दक्षिण कोरियामा पछिल्लो दिन तीब्र गतिमा कोरोनोको संक्रमण फैलिन थालेको छ ।बिशेस गरी थेगु तथा वरपर सबभन्दा बढी संक्रमित देखिन थलिएकोले त्यस वरपरका नेपालीहरु सावधान रहन नेपाली राजदुताबासले सूचना मार्फत जानकारी गराएको छ । जसका कारण सियोलस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबारसम्ममा यहाँका चार सय बढी मानिस संक्रमित बनेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...