इजरायलमा एकै दिनमा १६८१ जना नया कोरोना संक्रमित पुष्टि ,तेल अभिव ,बेनी बराक र आशदोद शहरमा देखिए अत्यधिक संक्रमित।

स्वास्थ्य

इजरायलमा एकै दिनमा  १६८१ जना नया कोरोना संक्रमित पुष्टि ,तेल अभिव ,बेनी बराक र आशदोद शहरमा देखिए अत्यधिक संक्रमित।
जुलाई १४ इजरायल :-इजरायलमा पछिल्लो २४ घन्टामा अहिले सम्म कै अत्यधिक संक्रमित पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान सार्बजानिक गरेको तथ्याँका अनुसार २४ घन्टामा १६८१ जना कोभिड-१९ संक्रमित पुष्टि भएको छ,यो अति नै चिन्ताजनक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १७७ जना कोभिड-19 संक्रमितहरुको अवस्था चिन्ता जनक रहेको ,५५ जना भेन्टिलेटरमा रहेको छ भने २१,११८ जना कोरोना संक्रमित र ३६८ जनाले ज्यान गुमाएका छन्। इजरायली स्वास्थ्य अधिकारीहरू अनुसार मार्च र अप्रिलको भन्दा जुलाईमा धेरै संक्रमण फेला परेको जानकारी दिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार गत सातामा सबैभन्दा बढी संक्रमित देखिएको शहरहरु Bnei Brak ६९३ ,Tel अविव ६४८ र Ashdod ३३७ रहेका छन्। इजरायली समाचार अनुसार जिम ,सुमिङ्ग पूल पुन बन्द गर्न निर्देशन दिएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...