गौरी कला हत्यामा ट्राफीक सहीत २ दाज्युभाई प्रहरीद्वारा सार्वजानीक |
अपराधप्रारम्भिक अनुसन्धान अनुसार प्रहरी कोइरालासँग लक्ष्मीले दिउँसो भेट गराएको र साँझ दुईवटा पार्टीमा सहभागी भएको बुझिएको छ । साथीको बर्थडे पार्टीमा सहभागी उनीहरु तीनै जनाले मादक पदार्थ सेवन गरेको समेत खुलेको छ । दिउँसोको भेट र रातीको पार्टीपछि यौन सम्बन्धका लागि लक्ष्मी र कोइरालालाई मध्यराती उपयुक्त समयमा फोन गर्ने सहमति भएको थियो । करिव मध्येराती १२ः३० बजे रोकायाले उनीहरुलाई फोन गरेको र त्यसपछि लक्ष्मी र कोइरालाले रंगशाला नजिकै जंगलमा लगेको थिए ।जंगलमा यौनजन्य अपराधपछि लक्ष्मी बास्तोलाले मोटरसाइकलमा राखी गौकीकलाको डेरातर्फ लैजादै गर्दा लडेर घाइते भएको अनुसन्धानका क्रममा खुलेको छ । गौरीकला घाइतेभएपछि उनले आफ्नो दाई खुमलालाई बोलाएर डेरामै अचेत अवस्थामा छोडेको प्रारम्भिक बयानबाट खुलेको प्रहरीको भनाई छ । घटना पश्चात प्रहरीले मृतक गौरीकलाको फोन रकर्डका आधारमा लक्ष्मी बास्तोलालाई पक्राउ गरेको थिए । छात्रा गौरीकला दुर्घटनामा परेको भनिएको स्थान नजिकै उनको मोवाईल सेट प्रहरीले भेटाएको थियो । लक्ष्मीको बयानका आधारमा उनको दाजु खुमप्रसाद बास्तोला र ट्राफिक प्रहरी हरि प्रसाद कोइरालालाई प्रक्राउ गरेको हो ।
जिल्लामा क्रियाशिल रहेका महिला तथा बाल–बालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुले बुधवार प्रदेश गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालयमा दोषिलाई कारवाहिको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।जसमा आवाज संस्था, सुन्दर नेपाल संस्था, सामुदायिक सुधार संस्था, नवज्योती केन्द्र, सुर्खैत, केड नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, दलित महिला संघ, वातावरण सुधार समाज, वाम, मानव अधिकार, समाज जागरण केन्द्र(स्याक) नेपाल, एकता फाउण्डेशन नेपाल, सुर्खेत महिला जेसिज, किडार्क नेपाल, अन्तपार्टि महिला संजाल सुर्खेत, र एकल महिला समूह गरि विभिन्न १६ वटा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीको हस्ताक्षर सहित आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई ज्ञापन पत्र बुझाएका छन् |