धुलिखेल अस्पतालमा एक जना कोभिड-१९ संक्रमणबाट मृत्यु भएको पुष्टी ,संक्रमित संख्या २८१ ।

स्वास्थ्य

धुलिखेल अस्पतालमा एक जना कोभिड-१९ संक्रमणबाट मृत्यु भएको पुष्टी ,संक्रमित संख्या २८१ ।
मे १६ काठमाडौँ :-धुलिखेल अस्पतालमा मृत्यु भएको सुत्केरी महिला कोरोना संक्रमितबाट भएको पुस्टि भएको छ ।धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि महिलाको गाउँ, माइती गाउँ र पहिलोपटक पुगेको बाह्रबिसे स्वास्थ्य चौकीलाई सिल गरिएको छ ।उनको गाउँ बाह्रबिसे नगरपालिका–९ राम्चे, बाह्रबिसे स्वास्थ्य चौकी र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।यो समाचार तयार पार्दा सम्म नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...