डा.केसी समर्थक र प्रहरी बीच भिडन्त ,बानेश्वर तनाव ग्रस्त |
देश
प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको, प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशाेर शाहकाे गाडीमा तोडफोड गरेका हुन् । यस्तै ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनको ग१झ२७६ नम्बरको गाडीमा पनि क्षति पुगेकाे छ ।
सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीको बैठकमा सहभागि हुन आएका उनीहरु राजधानीको इन्द्रेणी फुडल्याण्डमा सो गाडी रोकेर बसेकोमा माइतीघरतर्फबाट नयाँ वानेश्वरतर्फ अघि बढेका तरुण दलका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए । तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर इन्द्रेणी फुडल्याण्डकै बा११च १२६६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ । 
