नेवारी समुदायको यमोरी र ज्यापू समुदायको ज्यापू दिवस आज मनाइदै |

जनजाती बिशेस

नेवारी समुदायको यमोरी र ज्यापू समुदायको ज्यापू दिवस आज मनाइदै |

डिसेम्बर ०३ काठमाडौँ :-नेवार समुदायले आइतबार योमरी पूर्णिमा मनाउँदैछन् । चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यसवर्ष भित्र्याएको अन्न बाली, भकारी पुजा गर्ने चलन छ । आजको दिनलाई लक्ष्मी पुजाको रुपमा पनि मनाउने गरिन्छ । यसरी पुजा गरेमा वर्षभरि अन्न अभाव नहुने विश्वास छ ।

जाडोमा मास र चाकु लगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । काठमाडौँ उपत्यकाका नेवार समुदायले चारसय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । योमरी पुर्णिमा अवसरमा साँखु, पाटन, काठमाडौं , टोखा, बनेपा, पनौति लगायतका ठाँउमा सांस्कृतिक र्याली सहितको कार्यक्रम गर्दैछ ।

आजै काठमाडौंका ज्यापू समुदायले १४ औ राष्ट्रिय ज्यापू दिवस मनाउँदैछन् । दिवसको अवसरमा काठमाडौं नःबहाः ब्रम्ह टोलको दगू दाफा खलले सांस्कृतिक र्‌‍‌याली गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आतिथ्यतामा हुने कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिने आयोजक ज्यापु संस्कृति विकास कोषले जनाएको छ । कोषले २०६० सालदेखि योमरी पुर्णिमाका दिन ज्यापू दिवस मनाउँदै आईएको हो ।यसैविच , प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापू संस्कृतिको महत्वपूर्ण मौलिक चलनअनुसार मनाइने राष्ट्रिय ज्यापू दिवस एवमं योमरी पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली संस्कृतिको प्रतिनिधिका रुपमा नेवारी संस्कृतिलाई पनि मान्ने गरिएको र नेवारी संस्कृति मूलरुपमा ज्यापू संस्कृति रहेको सन्देश दिँदै प्रधानमन्त्रीले नेवार समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...