मेस्सीले अर्को सिजन बार्साबाटै खेल्छन् -बार्सा स्पोर्टिङ डिरेक्टर
खेलकुद
‘लामो समयको छलफलपछि क्लब र लियोका लागि राम्रो समाधान पाएका छौं । क्लब अध्यक्ष तथा प्रशिक्षक कोएमनले समेत उनीसहितको क्लबको भविष्य देखेका छन् । हामीले त युवा खेलाडी खोजेका हौं’ स्पोर्टिङ डाइरेक्टर रामोन प्लान्सले भने ।
डाइरेक्टर प्लान्सले मेस्सीले आउँदो सिजन पनि बार्सिलोनाबाट खेल्ने विश्वास व्यक्त गर्दै भनेका छन्, ‘हामीले आशा गरेका छौं । कि गएको सिजनभन्दा आगामी सिजनमा बलियो तरिकाले फर्किनेछौं । त्यसमा मेस्सी पनि हुनेछन् ।’
बार्सिलोनाले यसअघि पनि इतिहासमा धेरै पटक टोली पुनर्निर्माण गरेको र राम्रो टोली बनाउन सकेको भन्दै उनले अहिले पनि बार्सिलोनाले विश्व फुटबलकै उत्कृष्ट खेलाडीको वरपर रहेर टोली बनाउन चाहने बताए । ‘लिओले क्लबको लागि जति गरेका छन् त्यसको जति चर्चा गरेपनि कम छ । उनले बेग्लै इतिहास बनाएका छन्’ प्लान्सले भने ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्यन म्युनिखसँगको ८–२ को लज्जासपद हारपछि मेसीले क्लब छाड्ने घोषणा सार्वजनिक गरेका हुन् । 
