ड्वाने ब्राभो टी-२० क्रिकेटमा ५०० विकेट लिने विश्वकै पहिलो बलर

खेलकुद

ड्वाने ब्राभो टी-२० क्रिकेटमा ५०० विकेट लिने विश्वकै पहिलो बलर
एजेन्सी । वेष्ट इन्डिजका ड्वाने ब्राभो टी-२० फर्म्याटको क्रिकेटमा ५०० विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा ट्रिनबागो नाइटराइडर्सका लागि खेल्दै सेन्ट लुसिया जुक्सका रकिम क्रोनबेलको विकेट लिँदै ब्राभोले ५०० विकेटको कोशेढुंगा पूरा गरे ।  उक्त विकेट सीपीएलमा ब्राभोको १ सयौं विकेट पनि थियो । यसअघि ३०० र ४०० विकेट लिने पहिलो खेलाडी पनि ब्राभो नै बनेका थिए । अष्ट्रेलियाका डिर्क नानसले टी-२० मा १०० र २०० विकेट पहिला पूरा गरेका थिए । टी-२० मा सर्वाधिक विकेट लिनेमा ब्राभो दोस्रो स्थानको खेलाडीभन्दा धेरै अगाडि छन् । त्यसैले अरु खेलको लागि यो कीर्तिमान तोड्न कठिन हुन सक्छ । श्रीलंकाका बलर लासिथ मालिंगाले ३९० विकेट लिएका छन् । अहिले खेलिरहेकामध्ये अफगानिस्तानका युवा स्पीनर रसिद खानले ३०० विकेट पूरा गरिसकेका छन् । ‘सर्वप्रथम भगवानको लागि धन्यवाद मलाई पहिलो बनाएकोमा,’ ब्राभोले स्टारस्पोर्ट्स ब्रोडकास्टसँग टचलाइन अन्तरवार्तामा भने, ‘यो यात्रा उत्कृष्ट रह्यो । म सबै टिममेटलाई धन्यवाद भन्न चाहन्छु । सबै टिमलाई धन्यवाद विश्वभर जहाँ म खेलेँ । घरमै यो उपलब्धी हासिल गर्न सफल भएको छु…जहाँ मैले क्रिकेट खेल्न सुरु गरेको थिएँ तपाईलाई थाहा छ ८ वर्षको उमेरमा यो त्यही ठाउँ हो जहाँ सुरु भयो । क्वीन्स पार्क ओभलमा ५०० विकेट पूरा गर्दा म योभन्दा खुशी हुन सक्दिनँ । ‘ टी-२० फर्म्याटमा सबैभन्दा धेरै खेल्ने खेलाडीमा पर्छन् ब्राभो । ३६ वर्षीय मिडियम फास्ट बलरले वेष्ट इन्डिजसहित २३ टिमका लागि खेलेका छन् । युवा उमेरमा उनी ब्याटिङ अलराउण्डर थिए । चोटले सताएपछि उनी सीमित ओभरको क्रिकेटमा आफूलाई परिस्कृत गरे । त्यसपछि उनी हरेक फ्रेन्चाइज टिमको लागि मुख्य खेलाडी बनेका छन् । आईपीएलमा उनले १४७ विकेट लिएका छन् । २०१३ र २०१५ को संस्करणमा उनी चेन्नाइ सुपर किङ्गसबाट खेल्दै सर्वाधिक विकेटकर्ता बनेका थथिए । ब्राभोले आफ्नै टिममेट काएरन पोलार्डलाई सबैभन्दा धेरै ९ पटक आउट गरेका छन् । यसबारे सोध्दा ब्राभोले भने,  ‘मलाई यसबारे थाहा थिएन पोलार्डलाई धेरै आउट गरेँ भने । उनी मेरो राम्रो साथी हुन् । उनी जस्तो क्षमतावान खेलाडी हुनु म यसमा रमाउँछु । ‘यो ब्याट्सम्यानको खेल हो । हामी बलरको लागि धेरै कठिन हुन्छ । मेरो पोजिसन बलिङ गर्ने हो । ‘ ब्राभोले २८३ विकेट अन्तिम ५ ओभरमा लिएका छन् । उनलाई डेथ ओभरमा राम्रो मानिन्छ । प्राय फ्रेन्चाइजले उनलाई त्यसैगरी प्रयोग गर्छन् । ५०० विकेट भने उनले नयाँ बलमा लिएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...