मेस्सीको सन्देशः “म क्लव छोड्दै छु”

खेलकुद

मेस्सीको सन्देशः “म क्लव छोड्दै छु”
एजेन्सी । बार्सिलोनाका सुपरस्टार कप्तान लियोनल मेस्सीले बार्सिलोना बोर्डलाई क्लव छोड्न चाहेको प्रष्ट रुपमा बताएका छन् । किर्तिमानी ६ पटक बालोन डेओर जितेका मेस्सीले यहि समरमा आफु बिदा हुन चाहेका कुरा क्लवका अध्यक्ष जोसेफ मारिया बार्टमेउलाई जानकारी गराएका हुन् । उनले फ्याक्स मार्फत बार्सिलोनालाई क्लव छोड्नेबारे बताएका थिए । ३३ बर्षिय मेस्सीले आफ्नो सम्पूर्ण फुटबल करियर बार्सिलोनामा नै बिताएका छन् । मेस्सीको क्लवसँग २०२१ सम्मको सम्झौता रहेको छ तर मेस्सीले चाहेको खण्डमा उनले फुटबल सिजन सकिएपछि जुनसुकै समयमा क्लव छोड्न पाउने सर्त सम्झौचामा उल्लेख छ । सोही सर्त अनुसार मेस्सीले क्लवबाट विदाई चाहेको बताईन्छ । युरोपियन च्याम्पियन्स लिगको सेमिफाईनलमा बार्यन म्युनिखसँग लज्जास्पद हार बेहोरेपछि मेस्सी मर्माहित भएका थिए । सोही खेलपछि क्लवले हेड कोच किके सेटियनलाई बर्खास्त गरिसकेको छ । च्याम्पियन्स लिगको खेल मेस्सीले क्लव छाड्न चहानुपछिको एक कारण भएतापनि विगत केहि महिना यता उनले क्लवसँग थुप्रै विषयमा असन्तुष्टि जनाउँदै आएका थिए । यसअघि मेस्सीले क्लवका नव नियुक्त प्रशिक्षक रोनाल्ड कोईम्यानसँगको भेटमा पनि आफुले क्लव छाड्न चाहेको कुरा बताएका थिए । च्याम्पियन्स लिगबाट बाहिरिए लगत्तै उनले आफ्ना साथीभाई र परिवारलाई क्लव छाड्ने निर्णय सुनाएका थिए । मेस्सीले क्लव छाड्न चाहेको खबर बाहिरिए लगत्तै उनको अबको नयाँ गन्तब्यका बारेमा चर्चा परिचर्चा सुरु भईसकेका छन् । उनलाई अनुबन्ध गर्नका लागि युरोपका ठूल्ठूला क्लवहरु सक्रिय रुपमा लागिसकेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...