अदालतले जेल सजाय सुनाएपछि मग्वायर इंग्ल्यान्डको राष्ट्रिय टिमबाट हटाइए

खेलकुद

अदालतले जेल सजाय सुनाएपछि मग्वायर इंग्ल्यान्डको राष्ट्रिय टिमबाट हटाइए
सेन्टर ब्याक ह्यारी मग्वायरलाई इंग्ल्यान्डको राष्ट्रिय फुटबल टिमबाट हटाइएको छ। इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले मग्वायरलाई यसअघि टिममा राखेका थिए। तर ग्रिसको नाइट बार बाहिर झगडा गरेको मुद्दfमा अदालतले मग्यवायरलाई दोषी ठहर गर्दै २१ महिना १० दिनको सजाय सुनाएपछि उनलाई राष्ट्रिय टिमबाट हटाइएको हो। म्यानचेस्टर युनाइटेडका कप्तान समेत रहेका २७ वर्षीय मग्वायरले घुष दिन खोजेको, सार्वजनिक सेवकमाथि हिंसा गरेको तथा पक्राउ गरेपछि दुर्व्यवहार गरेको भन्दै दोषी ठहर गरिएको हो। शुक्रबार पक्राउ परेका मग्वायर आइतबार जमानतमा रिहा भएका थिए। अब उनले अदालतको आदेशविरुद्ध तत्काल अपील गर्ने भएका छन्। 'हामीले तत्काल नै आदेशविरुद्ध अपील गर्ने अदालतलाई जानकारी दिएका छौं,' कानुनी परामर्श लिएपछि उनले भने,'म कत्ति पनि बिचलित भएको छैन। घटनामा निर्दोष भएकोमा आत्मविश्वास छ।'

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...