“रोनाल्डो युभेन्टसमा सफल भईरहेका छन्”

खेलकुद

“रोनाल्डो युभेन्टसमा सफल भईरहेका छन्”
पूर्व पोर्तुगल स्टार न्युनो गोमेसले आफ्नो सिरी ए च्याम्पियन रोनाल्डोको प्रसंसा गरेका छन्, साथै नयाँ प्रबन्धकको कोचिंग सम्भावनाहरू बारे छलफल गरे। न्युनो गोमेसका अनुसार क्रिस्टियानो रोनाल्डोले आफुमाथि शंका गर्नेहरुलाई गलत प्रमाणित गर्दै आएका छन् र च्याम्पियन्स लिग जित्न असफल भए पनि उनको युभे यात्रा सफल रहेको छ। रोनाल्डोले २०१८मा रियल छोड्ने निर्णय गरे र युभेन्टसमा आए पछि उनि शीर्ष स्कोरर बन्दै लिग जित्न सफल भएका छन् र युभेन्टसमा उनि सफल रहेको पूर्व पोर्तुगल स्टार न्युनो गोमेसको विश्वास रहेको छ। “हो म भन्न सक्छु किनकि उनीहरूले दुई पटक उपाधि जितेका छन् इटालीमा। यद्यपि यो युभेन्टसको लागि पर्याप्त छैन। “व्यक्तिगत तवरले ठूलो परिवर्तन पछि कसै-कसैले अपेक्षा गरे कि उनले रियाल म्याड्रिड बाहिर राम्रो काम गर्न सक्दैनन् , तर उनले आफ्नो रेकर्ड, र तथ्या .्कको आधारमा प्रमाणित गरे कि उनी युभेमा सफल रहेका छन् भनेर। उनि धेरै स्कोर गर्छन, उनले सबै खेलहरू खेल्छन र उनको उमेरमा, यस्तो शीर्ष, उच्च स्तरमा प्रदर्शन गर्नुले देखाउँदछ उहाँ उत्कृष्ट छन् भनेर।” उनले युभेका नयाँ कोच आन्द्रे पिर्लो बारे पनि  बोले। “मलाई लाग्छ आन्द्रे पिर्लो कोचको रूपमा युभेमा समृद्धि गर्न सक्दछन्। उनि एक उत्कृष्ट खेलाडी थिए र उनि संग अनुभव नहोला तर सबै कोचहरूले कतैबाट सुरु गर्नुपर्दछ, हैन र? ” उनले बताए “यो उनको लागि ठूलो अवसर हो, यो प्रशिक्षकको रूपमा उनको पहिलो ठूलो चुनौती हो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...