बार्सिलोनाका यी स्टारलाई नयाँ क्लव खोज्न प्रशिक्षकको सुझाव

खेलकुद

बार्सिलोनाका यी स्टारलाई नयाँ क्लव खोज्न प्रशिक्षकको सुझाव
एजेन्सी – नयाँ सिजनका लागि प्रशिक्षण सुरु गर्नुअघि बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्डो कोम्यानले आफ्नो योजनामा रहेका खेलाडीका बारेमा प्रष्ट पार्न चाहेका छन् । डच प्रशिक्षक कोम्यानले फरवार्ड लुइस स्वारेजलाई फोन गरेरै आफ्नो योजनामा नरहेको सुनाएका थिए । कोम्यानले अर्का दक्षिण अमेरिकी खेलाडी आर्टुरो भिडाललाई पनि सोही सन्देश दिएका छन् । उरुग्वेली फरवार्ड र चिलियन मिडफिल्डलाई नयाँ क्लबमा जानका लागि कोम्यानले बाटो खुला गरिदिएका छन् । अबको केहि दिन भित्रमा कोम्यानले आफ्नो ड्रेसिङ रुपमा रहने खेलाडीका बारेमा प्रष्ट योजनासहित अघि बढ्ने अनुमान गरिएको छ । पछिल्लो समय उनले क्लबका सबै खेलाडीसँग सम्पर्क बढाएका छन् । उनले प्रशिक्षण सुरु गर्नुअघि नै योजनामा नरहेका खेलाडीलाई बिदा गर्न लागेका हुन् । बार्सिलोनाले टोलीलाई पूर्न संरचना गर्ने यसअघि नै बताइएको छ । त्यसैले प्रशिक्षक कोम्यानले खेलाडीको विषयमा छिटो निर्णय गरिरहेका छन् । स्वारेज र भिडाललाई अन्य क्लबले भित्राउन इच्छा देखाइसकेको पनि बताइएको छ । यद्दपी क्लबलाई आवश्यक खेलाडी भेटिएको खण्डमा उनीलाई सट्टा गर्ने विकल्पमा पनि टोली जान सक्ने सम्भावना छ । इभान राकटिकसँगै डिफेन्डरद्वय सामुइल उम्टिनी र जुनियर फिर्पो पनि कोम्यानको योजनामा नरहेको बताइएको छ । अन्य क्लबको बाटो रोज्दा बार्सिलोना र प्रशिक्षक खुसी हुने छन् भन्ने उनीहरुले पनि बुझिसकेको छन् । यद्दपी उनीहरु कोम्यानको योजना सुन्न कुरिरहेका छन् । त्यस्तै सर्जियो बुस्केटस, सर्जि रोर्बेटो र जेरार्ड पिकेले पनि नयाँ प्रशिक्षकको आफुहरुको बारेमा रहेको धारणा बुझ्न चाहिरहेका छन् । उनीहरु पनि लगभग विक्रीको सुचिमा राखिएको छ । यद्दपी त्यो विषयमा कसैले केहि बोलेको भने छैन । जोर्डी अल्बालाई भने कोम्यानले अर्को सिजन टोलीमा राख्न चाहेको अनुमान गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...