पाउल पोग्बालाई कोरोना, चेल्सीका चार खेलाडी आईसोलेशनमा
खेलकुद
फुटबल क्लव चेल्सीका चार खेलाडीलाई कोरोना पोजिटिभको आशंकामा क्लवले आईसोलेशनमा राखेको छ । चेल्सीका पहिलो रोजाईका खेलाडीहरु टामी ईब्राहिम, क्रिष्टियन पुलिसिच, मेसन मोन्ट र फिकायो टोमोरी लाई क्लवले आईसोलेशनमा राखेको हो ।
चेल्सीका कम्तिमा आठ जना खेलाडीहरु अहिले क्वारेन्टाईनमा रहेको बताईएको छ । ती मध्ये चार जनालाई कोरोना पोजिटिभ देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।
क्लवका खेलाडीहरुमा कोरोना संक्रमण देखिएपछि क्लवको प्रिसिजन गतिविधिहरु प्रभावित बनेको छ । 
