भारतमा पबजीसहित ११८ मोबाइल एप्स बन्द

विदेश

भारतमा पबजीसहित ११८ मोबाइल एप्स बन्द
एजेन्सी । भारतले चीनमा विकसित पबजीसहित ११८ मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । सीमा क्षेत्र लद्दाखमा चीनसँग तनाव सिर्जना भएलगत्तै भारतको सूचना प्रविधि मन्त्रालयले चीनमा बनेका मोबाइल एप्सहरु आफ्नो देशमा नचल्ने बनाएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ती एप्सहरु भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोकतान्त्रिक व्यवस्थाविरुद्धको गतिविधिमा लिप्त भएकाले प्रतिबन्ध लगाएको उल्लेख छ । विज्ञप्तिमा लेखिएको छ, ‘यो कदमबाट भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको हितको रक्षा हुने छ । यो निर्णय भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्ने उद्देश्य अनुसार गरिएको हो ।’ भारतले चीनमा विकसित एप्सहरुको माध्यमबाट मोबाइलका डाटा चोरी गरेको आरोप लगाएको छ । भारत सरकारले यसअघि जुन महिनामा पनि लद्दाखमा चिनियाँ सेनासँग भिडन्त भएपछि चीनसँग सम्बन्धित ५९ मोबाइल एप्स बन्द गरेको थियो, जसमा टिकटकसमेत समावेश छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...