नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

राजनीति

नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित
काठमाडौं । शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।  अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच शुक्रबार  छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो । नेकपाका बरिष्ठ नेता झलनाथ खनालले कोरोनाका कारण बैठक स्थगित गर्नुपरेको जानकारी दिए ।  शनिबार बस्ने सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारी थियो ।  पार्टीमा ओलीको राजीनामा मागिएपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...