थप ८८५ जनामा कोरोना संक्रमण, ३८५ जना डिस्चार्ज

देश    स्वास्थ्य

थप ८८५ जनामा कोरोना संक्रमण, ३८५ जना डिस्चार्ज
१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । उनीहरुमध्ये १९ हजार ५०४ जना संक्रमणमुक्त भइसकेका छन् भने १४ हजार ७३९ आइसोलेसनमा छन् । कहाँ कति थपिए संक्रमित ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३०१ जना संक्रमित थपिएका छन् । जसमध्ये २३० जना काठमाडौंका छन् भने ललितपुरका ४७ र भक्तपुरका २४ जना छन् । यस्तै सर्लाहीका १२० जना, सुनसरीका ५५, धनुषाका ४३, चितवनका ४२, कैलालीका २९, बाराका २४, लमजुङका २३, प्युठानका २२, काभ्रेका २१, रौतहट र अछामका २०/२० जना, रुकुमका १९, महोत्तरी र मकवानपुरका १८/१८ जना, झापा र दाङका १६/१६ जना, मोरङका १३ जनामा संक्रमण पुष्टि भएको छ । तेह्रथुमका ८ जना, नवलपुर र सुर्खेतका ७/७ जना, पाँचथर, कास्की, कपिलवस्तु र बाँकेका ४/४ जना, सिराहाका ३ जना, दोलखा, धादिङ, नवलपरासी, कञ्चनपुर, डडेलधुरा र डोटीका २/२ जना तथा खोटाङ, पर्सा, सप्तरी, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, बर्दिया, रोल्पा, जाजरकोट, दैलेख र सल्यानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...