यूएईको दुबईमा नेपाली कामदार र बंगलदेशी कामदारहरुबीच झडप।

विदेश

यूएईको दुबईमा नेपाली कामदार र बंगलदेशी कामदारहरुबीच झडप।
मे १३ मनु कोंमे तमु युएई :-युएईको दुबई स्थित जबिलआलीमा रहेको फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा कामदारको रुपमा कार्यरत नेपाली कामदार र बंगलादेशी कामदारहरु बीच मध्यरातमा झडप भएको छ । मंगलबार राती केहि नेपाली कामदारहरु कोठामा बसेर लुडो खेली रहेको र केहि नेपालीहरुले मादक पदार्थ सेवन गरि कोठामा होहल्ला बढी गरेको कारण आपासी विवाद भइ झडप भएको क्याम्पका इन्चार्जले एनआरएनए युएईका क्युआरएफ टिम लाई जानकारी गराएको छ। कुटपिट पछि दुबै पक्ष बिच झडप भएको थियो । झडपमा एक थर नखुलेको राम बहादुर नाम भएका नेपाली कामदारको टाउको र शरीरमा चोट लागेको छ। झडपमा केही नेपाली कामदारहरु सामान्य घाइते भएका छन भने नेपाली कामदारहरु लाई बंगलादेशी कामदारहरुले पाइपले कुटेका कारण शरीरमा नीलडाम बसेको पीडितहरुले बताएका छन । उक्त कुटपिट घटनामा संलग्न रहेका लाई दुबई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते नेपाली कामदारको उपचार भइरहेको छ।झडप भएको कामदार क्याम्पमा झण्डै ३ सय ५० भन्दा बढी नेपाली कामदरहरु बस्दै आएको छ । कम्पनीमा समस्या र बिचल्लीमा परेका नेपाली कामदारहरु लाई एनआरएन यूएई लगायत संघसंस्थाहरुले राहत खाद्यान्न सामाग्री बितरण गर्दै आएको छ । फ्लेक्स म्यानेजमेन्ट कम्पनीले काम नहुँदा समस्यामा भएको भन्दै केही कामदारहरु कटौती गरि कामदारहरुको भिसा रद्द गरेर नेपाल पठाउन विमानस्थल सम्म पठाएको थियो। विमानस्थल पुगेका तर लकडाउनका कारण फर्कन नपाएर युएईमा बिचल्लीमा परेका नेपाली कामदारहरु आक्रोशमा आएर झडपमा उत्रिएका हुन।नेपाल फर्किन नपाएको आक्रोशमा कम्पनीमा कामदारहरुले पहिले देखि नै समस्या सिर्जना गर्दै आएको र कामदारहरु थप डिप्रेसनमा जाने, आक्रोशित हुने र जाँड रक्सी खाएर समस्या सिर्जना गर्दै आएको छ भने ३ जना नेपाली कामदारले मादक पदर्थ सेवन गरि क्याम्पको गेट बन्द समय भन्दा ढिला आइ बंगलादेशी सुरक्षा गार्ड लाई ढुङ्गा प्रहार गरि घाइते बनाएको क्याम्प इन्चार्जले एनआरएनए युएई क्युआरएफ नेपाल टिम लाई प्रहरी रोहवरमा भिडियो फुटेज समेत देखाएका थिए। नेपाली कामादार ३ जना समयमा नआउनेहरु लाई कोरोना भाइरस परिक्षणको नेगेटिभ आएको रिपोर्ट लिएर आए मात्र क्याम्प प्रवेश दिने क्याम्प इन्चार्जले बताएको छ। उक्त घटना घटेको जानकारी प्राप्त लगत्तै एनआरएन यूएईका उपाध्यक्ष एवं क्युआरएअफ टिमका दुबई संयोजक पासाङ शेर्पा र एनआरएनए युएईका कोषाध्यक्ष एवं क्युआरएफ टिमका विकास शाही शारजाह बाट दुबईको जबिलआलि कामदारहरुको क्याम्पमा घटना बारे बुझ्न पुगेको एनआरएनए युएईका उपाध्यक्ष एवं क्युआरएफ नेपाली टिम दुबईका संयोजक पासाङ शेर्पाले बताउनु भएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...