तमु समाज युएईको चेलीबेटी भोज (रि-च्हमी स्योकै) कार्यक्रम भव्यरुपमा सम्पन्न।
विदेश
कार्यक्रम उद्घाटन कार्यक्रमका सभापति ,प्रमुख अतिथि ,बिशेष अतिथि र अतिथिहरुले संयुक्तरूपमा दीप प्रज्ज्वलन गरि उद्घाटन भएको थियो भने कार्यक्रम तमु समाज युएईका सचिव इन्द्र तमुले संचालन गरेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य तमु समाज युएईका दुबई क्षेत्रीय समितिका अध्यक्ष एवं चेलीबेटी भोज कार्यक्रमका संयोजक राजु तमुले राखेका थिए भने शुभकामना मन्तव्य तमु समाज युएईका महासचिव पबित्रा तमुस्योले राखेकी थिइन।
कार्यक्रमको शुरूवातमा चेलीबेटीहरु प्रति समर्पित भएको कार्यक्रम भएको हुंदा चेलीबेटीहरु लाई दिइने उच्च सम्मान,समन सहभागिता समन भुमिका इज्जत, माया र नारीको महत्व दर्शाउनुको साथै तमु जातिको परम्परागत रुपमा मनाएको कार्यक्रममा तमु समाज युएईको तर्फ बाट चेलीबेटीहरु लाई स-सम्मान तमु परम्परा अनुसार दोसल्ला (क्रमु) ओढाएर सम्मान गरेको थियो भने फुजेराह युनिभर्सिटीका डा.बिनोद तमु लाई फेटा ओढाएर सम्मान गरेको थियो।त्यसैगरी चेलीबेटीहरुको तर्फ बाट पनि तमु समाज युएईका दाजुभाइहरु लाई तमु परम्परा अनुसार मायाको कोसेली ग्राहण गरेको थियो ।
तमु समाज युएईले प्रत्येक बर्ष झैं यस बर्ष पनि निरन्तरता दिंदै हिरो अफ द ल्होसार र चेली अफ द इयर बाट संस्थाका दुई जना व्यक्तित्व लाई सम्मान गरेको छ । तमु समाज युएईले गत २०२० जनवरी १० तारीख शुक्रबार आयोजना गरेको च्यु ल्होसार (मुसा वर्ग) सांस्कृतिक कार्यक्रम सफल बनाउन बिशेष भुमिका निर्वाह गरेको भन्दै तमु समाज युएईका सांस्कृतिक बिभाग प्रमुख अमृत तमु लाई हिरो अफ द ल्होसार - २०२० उपाधी बाट सम्मान गरेको छ भने तमु समाज युएई लाई अतुलनीय योगदान दिएको भन्दै तमु समाज युएईका केन्द्रिय सदस्य ममता तमुस्यो लाई चेली अफ द इयर - २०२० उपाधिका बाट सम्मान गरेको छ।
कार्यक्रमको समापन कार्यक्रमका सभापति तथा तमु समाज युएईका महिला बिभाग प्रमुख उर्मिला तमुस्योले गरेकी थिइन भने औपचारिक कार्यक्रम समापन पश्चात् सांस्कृतिक कार्यक्रम तथा भोज कार्यक्रम रहेको थियो ।



