लम्जुङ्ग ,सिन्धुली र रामेछापमा पहिलो कोरोना संक्रमित पुष्टि ,आज दिउसो सम्म संक्रमितको संख्या ४०२।

स्वास्थ्य

लम्जुङ्ग ,सिन्धुली र रामेछापमा पहिलो कोरोना संक्रमित पुष्टि ,आज दिउसो सम्म संक्रमितको संख्या ४०२।
मे १९ काठमाडौँ :-नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ । जसका कारण संक्रमित जिल्लाहरु थपिदै गइरहेका छन् ।आज (मंगलबार)सम्ममा ३८ जिल्लामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । उनका अनुसार आज उपत्यकाको ललितपुर, सिन्धुली, लमजुङ र रामेछापमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा तराईका सबै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज (मंगलबार) दिउँसोसम्ममा कुल संक्रमितको संख्या ४०२ जना पुगेको छ । आज (मंगलबार) दिउँसोसम्ममा कुल संक्रमितको संख्या ४०२ जना पुगेको छ । प्रदेश १ मा हालसम्म ५४, प्रदेश २ मा १३६, बाग्मती प्रदेशमा २७, गण्डकीमा ४, प्रदेश ५ मा १७६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...