कोरोना भाइरस संक्रमित पुरुषको बिहिबार बिहान मृत्यु।

स्वास्थ्य

कोरोना भाइरस संक्रमित पुरुषको बिहिबार बिहान मृत्यु।
मे २१ काठमाडौँ :-कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय पुरुषकाे बिहीबार बिहान मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचारको क्रममा निधन भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो । भेन्टिलेटरमा उपचार भइरहेको उनको अवस्था गम्भीर थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले विज्ञप्ति जारी उनको मृत्यु भएको पुष्टि गरेका छन् ।कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा ३ पुगेको छ भने संक्रमितको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४५ जना निको भएर घर फर्किइसकेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...