इजरायलमा तमु च्यु ल्होसार भब्य रुपले सम्पन्न ,भूपू अध्यक्ष आशा तमुस्यलाई सम्मान ।

अन्य

इजरायलमा तमु च्यु ल्होसार भब्य रुपले सम्पन्न ,भूपू अध्यक्ष आशा तमुस्यलाई सम्मान ।
जनवरी ८ इजरायल :- “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु - शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे नै हराउछ"तमु राष्ट्रिय पर्व च्यु ल्होसार इजरायलमा पनि भब्य रुपले सम्पन्न भएको छ ।गत शुक्रबार तेल अभिवमा तमु समाज इजरायलको अध्यक्ष ओम तमुको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुताबासबाट नेपाली महामहिम राजदुत डा अन्जन शाक्य ,बिशिस्ट अतिथीमा नेपाल जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर ,अतिथीहरुमा एनआरएन इजरायलका अध्यक्ष शान्ता ज्ञावली अधिकारी लगायत विभिन्न संघ सस्थाका अध्यक्ष /प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।प्रमुख अतिथी ,सभापती तथा बिशिष्ठ अतिथी ज्यु बाट दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन पछि स्वागत मन्तब्य स -सचिव दुर्गा तमुस्योले राखेकी थिएन भने शुभकामना मन्तब्य सरक्षक डिक कुमार तमुले दिएको थियो ।शुभकामना मन्तब्य दिनु हुँदै प्रमुख अतिथी तथा महामहिम राजदुत डा अन्जन शाक्यले राजदुताबासको तर्फबाट गरिएका विभिन्न सफल कार्यहरुको बारेमा बताउनु भएको थियो भने बिशिष्ट अतिथी नेपाल आदिबासी जनजाती महासंघ अध्यक्ष तारा काउचा मगरले विभिन्न तरिकाले ,विभिन्न ठाउँहरुमा राज्यले गरेको हेपाहा बिरुद्द चेतावनी दिनु हुँदै ल्होसार कार्यक्रममा उपस्थित भएर ल्होसार जस्तो स्वम तमु भएर पनि शुभकामना नदिए कार्यक्रमबाट हिड्नु भएका प्रदेश नम्बर (गण्डकी प्रदेश )का मुख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङ लाई सचेत हुन भनिएको थियो ।

कार्यक्रममा तमु भाषा संस्कार लिपी लगायत विभिन्न एतिहासिक कार्य सम्पन्न गरेर सफल कार्यकाल बनाउन सफल तमु समाजका पुर्व अध्यक्ष आशा तमुस्योलाई सम्मान गरेको थियो ।आशा तमुस्यो लम्जुङ्ग पसगाउँमा जन्म जन्मेर हाल केहि बर्ष यता बैदेशिक रोजगारको शिलशिलामा इजरायलमा रहेकी छिन । वहाको कार्यकाल एक विवाद रहित ,तमु संस्कार ,सस्कृति पहिचानलाई बिशेस ध्यान दिएर विभिन्न कार्यहरुमा सन्तुलन हिसाब ले अगाडी बढाएकी थिईन ।समाजको तर्फबाट समाजिक काम ,नेपालमा स्वस्थ सिबिर संचालन देखी लिएर ,भाषा प्रशिक्षन ,लिपि सम्बन्धी कक्षाहरु संचालन गर्न सफल भएकी छिन ।वहाको कार्यकाल एक विवाद रहित ,तमु संस्कार ,सस्कृति पहिचानलाई बिशेस ध्यान दिएर विभिन्न कार्यहरुमा सन्तुलन हिसाब ले अगाडी बढाएकी थिईन ।समाजको तर्फबाट समाजिक काम ,नेपालमा स्वस्थ सिबिर संचालन देखी लिएर ,भाषा प्रशिक्षन ,लिपि सम्बन्धी कक्षाहरु संचालन गर्न सफल भएकी छिन ।वहाको कार्यकालमा तमु समाज इजरायलले गरेको कार्यहरु सधै तमु समाजले बिर्सने छैन ।अति चलाख ,लिडर शिपको क्षमता भएकी ,मिलनसार नेत्री एक तमु समुदायका लागी आशा लाग्दो किरणको रुपमा आफुलाई स्थापित गरेकी छिन ।यस कार्यलाई हृदयगमगरी यस च्यु ल्होसारको अवसर पारेर प्रमुख अतिथी नेपाली राजदुताबासका महामहिम राजदुत डा अन्जन शाक्य तथा बिशिस्ट अतिथी ने ,आ ,महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगरको हातबाट सम्मान तथा मायाको चिनु प्रदान गरेको थियो ।

ल्होसार कार्यक्रममा तमु पहिचान झल्किने विभिन्न मनोरंजनान्मत कार्यक्रहरु स्थानीय कलाकारहरुद्वारा प्रस्तुत गरिएको थियो भने खानाको पनि राम्रो बेबस्था गरिएको थियो ।संयोजक खुशी क्ले तमुस्योको संयोजनमा सम्पन्न कार्यक्रममा महासचिव शान्ती तमुस्यो र सचिव रेखा तमुस्योले संचालन गरेका थिए ।अन्त्यमा उपस्थित सम्पुर्णलाई धन्यबाद दिनु हुँदै ल्होसारको शुभकामना दिंदै सभापति ओम गुरुङले कार्यक्रम समापान गरेको थियो ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading ... Loading ...