हिगुईनले युभेन्टस छाडे
खेलकुद
‘उनी च्याम्पियन र महान् खेलाडी हुन् । तर, यहाँ उनको समय सकिएको छ । हामीले एक अर्काबीच छलफल गर्यौ र निर्णय लियौं । म उनलाई धेरै सम्मान गर्छु । तर, हामीले अलग हुने निर्णय लिएका छौ,’ पिर्लाेले पत्रकार सम्मेलनमा भने ।
युभेन्ट्सका तेस्रा महँगा खेलाडी हिगुआइन २०१६ मा इटालियन क्लब नेपोलीबाट ७५ मिलियन पाउन्डमा युभेन्टस पुगेका थिए । स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व खेलाडी समेत रहेका हिगुआइनले लोनमा इंग्लिस क्लब चेल्सी र इटालियन क्लब एसी मिलानबाट समेत खेलिसकेका छन् । हिगुआइनले युभेन्ट्सका लागि १ सय ४९ खेलमा ६६ गोल गरेका छन् ।

