हिगुईनले युभेन्टस छाडे

खेलकुद

हिगुईनले युभेन्टस छाडे
एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लाेले क्लबका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले यो सिजनको समरमा क्लब छाड्ने पक्का भएको जानकारी दिएका छन् । दुई साताअघि युभेन्टसको प्रशिक्षक बनेका ४१ वर्षे पिर्लोले आफ्नो पहिलो पत्रकार सम्मेलनमा हिगुआइनले क्लब छाड्ने र अर्का अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला क्लबमै रहेको स्पष्ट पारेका हुन् । पिर्लोले हिगुआइनसँग व्यक्तिगत रुपमा भेटेर नै आफ्नो निर्णयबारे जानकारी दिएको बताएका हुन् । ‘उनी च्याम्पियन र महान् खेलाडी हुन् । तर, यहाँ उनको समय सकिएको छ । हामीले एक अर्काबीच छलफल गर्‍यौ र निर्णय लियौं । म उनलाई धेरै सम्मान गर्छु । तर, हामीले अलग हुने निर्णय लिएका छौ,’ पिर्लाेले पत्रकार सम्मेलनमा भने । युभेन्ट्सका तेस्रा महँगा खेलाडी हिगुआइन २०१६ मा इटालियन क्लब नेपोलीबाट ७५ मिलियन पाउन्डमा युभेन्टस पुगेका थिए । स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व खेलाडी समेत रहेका हिगुआइनले लोनमा इंग्लिस क्लब चेल्सी र इटालियन क्लब एसी मिलानबाट समेत खेलिसकेका छन् । हिगुआइनले युभेन्ट्सका लागि १ सय ४९ खेलमा ६६ गोल गरेका छन् ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...