हर्क – वनसुवा स्मृति अक्षयकोषबाट उत्तर पुर्बी ल्हेगे तमु परिवार सम्मानित ।
अन्य
तमु प्ये ल्हु संघ केन्द्रिय समितिले संचालन गर्ने गरि २ लाख ५१ हजार १११ रुपैयाको मुलधनबाट प्राप्त बार्षिक ब्याजले तमु जातिको खेगी ( धर्म गुरु) शिक्षा हासिल गरेका नव युवा वा खेगी चेला प्रशिक्षण गर्ने सस्थालाइ सम्मान गर्ने तमु प्ये ल्हु संघले जनाएको छ । संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्नुहुदै अक्षयकोषदाता पुर्व आइजिपी हेमबहादुर तमुले तमु जातिको खेगिगुरुहरु लोपोन्मुख अवस्थामा पुगिसकेको हुँदा,खेगी उत्पादनमा टेवा पुगोस् भन्ने सोचाइले उक्त अक्षयकोष स्थापना गर्नु भएको बताउनुहुदै कोषको मुलधनमा वृद्धि गर्ने सोचमा रहेकोे समेत बताउनुभयो |
उत्तर पुर्बी ल्हेगे तमु परिवारले लामो समयदेखि तमु खेगी ( पच्यु ) चेला प्रशिक्षण कार्य गर्दै आइरहेको र हाल ताप्लेजुङ जिल्लाका पाँच जनालाइ खेगी प्रशिक्षण दिई रहेकोे स्रोतले जनाएको छ । संघको केन्द्रिय महिला समितिको सभाहलमा सम्पन्न कार्यक्रमको सहजीकरण केन्द्रिय सचिव बुद्धि च्हम्रु तमुले गर्नुभएको थियो । 
