नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले गर्यो घातक रोग लाभ भुक्तानी

अन्य

फिष्टेल न्युज : १३ डिसेम्बर २०२२ इजरायल

लेखनाथ शाखा प्रमुख छबिलाल पौडेलले बिमित नारन सिं खवासलाई रु १०
लाख बराबरको चेक हस्तान्रण गर्नुहुदै ।

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको लेखनाथ शाखामा आयोजित एक कार्यक्रममा घातक
रोग लाभ भुक्तानी गरेको छ । रुपा गाँउपालिका वडा नं. ०७, पिप्ले निवासी नारन सिं खवास को दुबै मृगौलाले
काम गर्न छोडेपछि बिमालेखको सुबिधा अनुसार नेशनल लाइफ ईन्स्योरेन्स लेखनाथ शाखा प्रमुख छबिलाल
पौडेलले शाखामा आयोजित एक कार्यक्रममा बिमित नारन सिं खवास स्वयमलाई कम्पनीले प्रदान गरेको रु १०
लाख बराबरको चेक हस्तान्रण गर्नु भयो ।

सो कार्यक्रममा बोल्दै कम्पनीका लेखनाथ शाखा प्रमुख छबिलाल पौडेलले नेपाली समाजमा प्रचलित भनाई दशा
बाजा बजायर आउदैन भने जस्तै जीबनमा जोखिम पनि पुर्व जानकारी गराएर आउदैन, मानिसको जीबनमा कतिबेला के घटना घट्छ अगाडीनै थाहा हुदैन, यस्तो अनिश्चिततालाई सहज गराउन बिमा एक मात्र बिपत सग जुध्ने पुर्व तयारी भएकोले जीबन बीमा अहिलेको समयको अपरिहार्य आवस्यकता रहको बताउदै, ३५ बर्षको सुनौलो ईतिहास बोकेको नेशनल लाईफ ईन्स्योरेन्सले आफ्ना बिमितको हितलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र हिजो मात्रै कम्पनीले “न्यु बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२ ” अन्र्तगत लाइफ ईन्स्योरेन्स कम्पनी तर्पको “ बेस्ट म्यानेज्ड ” लाइफ ईन्स्योरेन्सको उपाधी समेत जितेको जानकारी गराउनु भयो । दाबी भुक्तानी सम्बन्धमा जानकारी दिदै शाखा प्रमुख पौडेलले बिमित नारन सिं खवासले मिति २०७७ फाल्गुण ५ गते नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीमा रु १० लाखको घातक रोग लाभ सहित जीबन बीमा गराउनु भएकोमा बिमा गरेको एक बर्ष पुरा नहुदै स्वास्थ्यमा समस्या आई चेकजाँच गर्दा दुबै मृगौला फेल भएको पत्ता लागेकोले कम्पनीले बिमितको उपचारको लागि बिमालेखको सुबिधा अनुसार रु १० लाख उपचार खर्च प्रदान गरेको जानकारी दिदै उक्त रकमले उहाको थप उपचारको लागि सहयोगी बन्ने बिस्वास राख्दै शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै बिमित नारन सि. खवासले कम्पनीले प्रदान गरेको यस रकमले आफु लाई ठुलो आर्थिक सहयोग भएको र दुखको सयममा साथ पाउनको लागि जीबन बीमा अपरिहार्य भएको मसहुस गराएको भन्दै हरेक ब्यक्ति जीबन बीमामा जोडिन अनुरोध गर्दै यो घातक रोग लाभ भुक्तानीको लागि कम्पनी प्रति कृतज्ञता समेत ब्यक्त गर्नुभयो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...