रुपन्देहीमा छोराले बाबुलाई गोलि ठोके ,बाबुको मृत्यु |

अन्य

रुपन्देहीमा छोराले बाबुलाई गोलि ठोके ,बाबुको मृत्यु |
मे १७ बुटवल :-रुपन्देहीको मणिग्राममा छोराले बाबुलाई गोली हानेर फरार भएको समाचार सार्वजनिक भएको छ । बुधबार साँझ छोराको गोली प्रहारबाट घाइते भएका रामकेश धबलको बिहीबार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचारको क्रममा बिहीबार ४१ वर्षीय धबलको मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा मृतक धवलकै २० वर्षीय छोरा सन्दिप धवलको संलग्नता रहेको देखाएको छ । पारिवारिक विवादका कारण छोराले नै गोली प्रहार गरेको हुन सक्ने आशंका गरिएको छ । छोरा सन्दिप अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरी बताउँछ । यसैबीच, मृतकका दाजुले घटनामा मृतकका छोरा सन्दिपको संलग्नता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा किटानी जाहेरी दिएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...