आठ जनाको शव भेटियो, ३७ जना वेपत्ता (नामावली सहित)

देश

आठ जनाको शव भेटियो, ३७ जना वेपत्ता (नामावली सहित)
रासस १८ भदौ, बागलुङ । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा अविरल वर्षा पछि आएको बाढी पहिराले बस्ती बगाउँदा वेपत्ता ८ जनाको शव फेला परेको छ । घटना स्थलतर्फ जाँदै गर्नुभएका इलाका प्रहरी कार्यालय बूर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार घटना स्थलको फरक फरक ठाउँमा आठ जनाको शव फेला परेको छ । मृतकको पहिचान हुन सकेको छैन । बाढी पहिरोले भुजिखोला तटिय क्षेत्रको भुसुण्डे, दुनेपोखरा, लाकुरीबोटका ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएको छ । प्रहरी निरीक्षक भण्डारीका अनुसार ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३० बर्षिय पुरुष, ढोरपाटन नगरपालिका–५ बुडाथोक स्थित पुलको लठ्ठामा अड्केको अवस्थामा ३५ बर्षिय पुरुष, बडिगाड गाउँपालिका–५ बालुवा स्थित अन्दाजी २२ बर्षय पुरुष र बडिगाड–७ खोप्चेमा १२ बर्षिय पुरुषको शव फेला परेको छ । अन्य चार जनाको शव फेला परे पनि ठाउँको एकिन भएको छैन । प्रहरीका अनुसार १३ जना वेपत्ताको नामावली प्राप्त भएको छ । वेपत्ता हुनेमा ढोरपाटन नगरपालिका–९ बस्ने ३५ बर्षिय कौशला पुन, उहाँको ६ बर्षिय छोरा हिक्मल पुन, सोी स्थानका ३५ बर्षिय जितबहादुर घर्ती, , २८ बर्षिय कुमारी विक, १९ बर्षिय पुतली विक, ३२ बर्षिय करमति घर्ती मगर, ३५ बर्षिय रिना घर्ती मगर, ३५ बर्षिय दिलमाया घर्ती मगर, उहाँकी ६ बर्षिय छोरी, ५५ बर्षिय टुलमति पुन, गल्कोट नगरपालिका–४ घर भई ढोरपाटन घुम्न गएका २५ बर्षिय नवीन भण्डारी वेपत्ता हुनुभएको छ भने भण्डारीसँगै मोसा रहेका अन्य तीन सकुशल रहेका छन् । घटनास्थल पुग्नुभएका प्रहरी हवल्दार जितलाल तिवारीका अनुसार दुवालका ५, घट्टेचौरका ६, चित्रुका १, भुसुन्डेका ६, घट्टाबोटका ५, नानकुवुका ८, दुनापँधेराका १, लाकुरीबोटका ३ र पानीघट्टाका २ जना गरी ३७ जना वेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । पत्ताको नामावली संकलनको काम जारी रहेको छ । प्रहरी र स्थानीयवासी वेपत्ताको खोजी तथा उद्धारमा जुटेका छन् । प्रहरीले चार शवको स्थान पहिचान र १३ वेपत्ताको नामावली पुष्टि गरे पनि अन्यको खोजी तथा संकलन कार्य जारी रहेको हुँदा अधिकारिक पुष्टि गरेको छैन । घटनाको पुर्ण विवरण प्राप्त भएको छैन । पहिराले तटिय क्षेत्र तहसनहस गरेको हुँदा ठुलो मानवीय तथा भौतिक क्षति भएको आकलन गर्न सकिने प्रहरी निरीक्षण्क भण्डारीले बताउनुभयो । पहिरोले ढोरपाटन–९सुकुदुङको स्वास्थ्यचौकी तथा १३ वटा घर बगाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...