पर्वत जिल्ला अस्पतालमा स्वास्थ्य कर्मीहरुलाई कोरोना संक्रमित देखियो ,अकस्मित सेवा बाहेक सबै सेवा बन्दा।

स्वास्थ्य

पर्वत जिल्ला अस्पतालमा स्वास्थ्य कर्मीहरुलाई  कोरोना संक्रमित देखियो ,अकस्मित सेवा बाहेक सबै सेवा बन्दा।
जुन १९ पर्वत:- पर्वत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको छ ।अस्पतालका २ जना डाक्टर, १ जना स्टाफ नर्स, १ जना ल्याव टेक्निशियन र १ जना कार्यालय सहायकमा कोरोना पोजिटिभ देखिएको अस्पताल विकास समितीकाअध्यक्ष गोविन्द पहाडीले पुष्टि गरे । संक्रमित स्वास्थ्यकर्मीहरु स्वाब संकलन गरेबाट नै सेल्फ क्वारेन्टिनमा रहेको छ । ८ दिन अघि स्वाब संकलन गरेर काठमाडौ परीक्षणका लागि पठाइएकोमा केही स्वाव स्याम्पलमा अस्पतालका कर्मचारीहरुको समेत रहेको र उनीहरुको नतिजा पोजिटिभ पाइएपछि आजैबाट थप सावधानी अपनाइएको पहाडीले बताए । पहाडीले अस्पतालका चिकित्सकहरुले आइसोलेशनमा रहेका संक्रमितहरुको भिजुअल मार्फत स्वास्थ्य परीक्षण गराइरहेकोमा अस्पतालका चिकित्सकलाई नै कोरोना संक्रमण पुष्टी भएपछि केहि समस्या आएको बताए । उनले भने–“अव व्यवस्थापन निकै चुनौती बनेको छ, तर यो खवरबाट नआत्तिन र सवैलाई धैर्यतापूर्वक आ–आफनो घरमा बस्नहुन हार्दिक अनुरोध गर्दछौं ।” पर्वत जिल्ला अस्पतालमा इमरजेन्सी सेवा बाहेक सम्पूर्ण सेवा शुक्रबारबाट बन्द गरिएको अस्पतालले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...