नेपालमा आइतबार २९३ जना कोरोना संक्रमित पुष्टि ,कुल संक्रमित संख्या १५७८४ पुग्यो।

स्वास्थ्य

नेपालमा आइतबार २९३ जना कोरोना संक्रमित पुष्टि ,कुल संक्रमित संख्या १५७८४ पुग्यो।
जुलाई ६ काठमाडौँ :- नेपालमा आइतबार थप २९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।यो वृद्धिसँगै आइतवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५,७८४ पुगेको छ।तीमध्ये ६,५४७ जना निको भएका छन् भने ३४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।निको भएर घर फर्कनेहरूको कुल सङ्ख्या ६,५४७ पुगेको छ भने क्वारन्टीनमा अहिले ३१,५७३ जना छन्। नेपालमा सर्वाधिक प्रदेश नं २ मा ४,१६० जना र प्रदेश नं ५ मा ३,९६८ जना रकोभिड-१९ भएका व्यक्ति भेटिएका छन्।सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।पछिल्लो २४ घण्टामा ४,७१० जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...