धादिङ्गमा चरेश सहित पक्राउ ।
अपराध
फेब्रअरी ४ काठमाडौँ :-लागूऔषधको ओसार पसार हुने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरी निरीक्षकको टोलीले धादिङ्ग गजुरी गा.पा.वडा नं. ५ स्थित पृथ्वी लोकमार्गको पोखरे खोला नजिकै प्रहरी टोली देख्नासाथ भाग्न खोज्ने शंकास्पद समूहको २ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा जानकारी पाए अनुसार जिल्ला धादिङ्ग, गजुरी गा.पा.वडा नं. १ गजुरी बजारमा चेकप्वाईन्ट राखी सवारी साधनको चेकजाच गर्दा गल्छी तर्फबाट आएको ना. ३ ख ४३२४ नं.को ट्रकको गियर बक्स र चालक बस्ने सिट माथी फल्स बटम बनाई राखिएको अवस्थामा १६८ किलो ९०० ग्राम अवैध लागूऔषध चरेश सहित चालक पक्राउ गरिएको छ ।


