जब पिएसजीद्वारा अपमानित कोमानले बार्यनलाई च्याम्पियन बनाए

खेलकुद    विदेश

जब पिएसजीद्वारा अपमानित कोमानले बार्यनलाई च्याम्पियन बनाए
एजेन्सी । बार्यन म्युनिखका लागि च्याम्पियन्स लिगको फाईनलमा एक मात्र विजयी गोल गरेका विंगर किङ्स्ले कोमानले आफ्नो खेल करियरको सुरुवात पिएसजी बाटै गरेका थिए । उनले खेलको ५९ औँ मिनेटमा बार्यनका लागि गोल गरे । अन्तमा उनकै एकमात्र गोल बार्यनलाई उपाधी हाँसिल गर्न निर्णायक बन्यो । कोमानले फेब्रुअरी २०१३ मा पिएसजीबाट लिग फुटबलमा डेब्यु गरेका थिए । पीएसजीको एकेडेमीमा ८ बर्षको उमेरदेखि आवद्ध भएका उनले पीएसजीको सिनियर टोलीमा सबैभन्दा कम उमेरमा डेब्यु गर्ने खेलाडी बनेका थिए । कोमानले पीएसजीमा केवल दुई सिजन मात्रै बिताए । सो क्रममा उनले १९ खेलमा कुनै गर्न सकेनन् । र उनी सन् २०१४ मा ईटालियन जाईन्ट युभेन्ट्स पुगे । र २०१५ मा लोनमा बार्यन म्युनिखमा जोडिए । पछि बार्यन म्युनिखले उनलाई स्थायी रुपमा क्लबमा भित्राए । हालसम्म बार्यनका लागि उनले १९ गोल गरेका छन् । लिस्बोनमा बार्यनका लागि हिरो बनेका यीनै कोमानलाई पीएसजीले निशुल्क रुपमा युभेन्ट्स जान दिएका थिए । जबकी पीएसजीले नेयमार र एमबाप्पे साईन गर्न करिब ४ सय मिलियन युरो खर्च गरेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...