किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा ”बलिहाङ कप २०१९ ”हुने ।

खेलकुद    विदेश

किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा ”बलिहाङ कप २०१९ ”हुने ।
सेप्टेम्बर ९ फिष्टेल न्युज तेल अविव :-''एकता र मित्रताको लागि फुटबल ''भन्ने नाराका साथ किराँत याक्थुङ चुम्लुङ इजरायलको भब्य आयोजनामा ''बलिहाङ कप''को तयारी गरिरहेको छ । बलिहाङ तङनाम (शुभ दिपावली) को सुखद अवसरमा हुन गईरहेको “बलिहाङ कप” फूटबल प्रतियोगिता यस बर्ष चौथो पटक हुनगईरहेको छ । बिगत ३ वर्ष देखि निरन्तर आयोजन गर्दै आएको फूटबल प्रतियोगिता यसपाली आगामी १९ अक्टोबर २०१९ शुक्रबारको दिन तेलअविव लेवन्सकी फुटसल ग्राउण्डमा प्रतियोगिता गर्ने भएको छ ।फुटबल प्रेमीहरुको सक्रियतामा इजरायलमा स्थापित फूटबल क्लबहरुलाई सहभागिता भई प्रतियोगितालाइ सफल र रोमान्चक बनाई दिनु हुन आयोजकद्वारा हार्दिक अनुरोध गरेको छ । प्रतियोगिता सम्बधी सम्पूर्ण जानकारीको लागि आउँदो १३ सेप्टेम्बर २०१९ शुक्रबार साँझ ६ बजे प्रेसमिट गर्ने भएको छ ।सम्पूर्ण फूटबल क्लबका टिम म्यानेजर ,टिम कोच,खेलाडीहरुलाई उपस्थित भएर आफ्नो टीम दर्ता गर्न आयोजक समितिद्वारा आव्हान गरेको छ ।यस्ता प्रतियोगीताबाट आपसी एकता ,मनोरंजन , भाईचारा,प्रेम र सदभावको विकास हुनेमा आयोजकको विश्वास लिएको छ ।

''बलिहाङ कप २०१९ '' आयोजक :- किराँत याक्थुङ चुम्लुङ इजरायल मिती :-११ अक्टुबर २०१९ समय :-५ बजे साँझ

स्थान :-लेविन्स्की फ़ुटसल ग्राउण्ड तेल अविव

(नोट :-यस सम्बन्धी प्रेस मिट १३ तारिख सेप्टेम्बर लेविन्स्की फ़ुटसल ग्राउण्ड तेल अविवमा हुने भएको छ ।)


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...