संक्रमित संख्या बढेसँगै पोखराका यी टोलहरुमा सिल

देश

संक्रमित संख्या बढेसँगै पोखराका यी टोलहरुमा सिल
१९ भदौ, पोखरा । पोखरामा केही दिन देखि कोरोना सङ्क्रमण बढेपछि पोखराका विभिन्न वडाका टोलहरू सील गरिने भएको छ । पोखराको वडा नं १०, १२ र १३ का केही टोलहरुमा कोरोना सक्रमण हुनेको सँख्या केही दिन यताबाट ह्वात्तै वढेको भन्दै सम्वन्धित वडाका अध्यक्षहरुले सिल गर्ने निर्णय गरेको एक सूचना मार्फत जानकारी दिएका हुन । कोरोना सक्रमण सुमदायस्तरमा देखिएको बताउँदै नियन्त्रण भन्दा वाहिर नजाओस भन्नका लागि सिल गर्ने निर्णय भएको वडा नं १३ का अध्यक्ष लेख वहादुर तामाङले बताउनु भयो । वडा नं १०, १२ र १३ का स्वर्णिम टोल, अन्नपुर्ण टोल, लालिगुरास टोल भद्रकाली हुँदै ढिकालेथर, कुँडहर चोक हुँदै मियाँपाटन सम्म सिल गरिएको छ । त्यसै गरि लालिगुराँस मिनीमार्ग, प्रगती टोल विपी मार्ग क र ख हुँदै भद्रकाली ख टोल विकास क्षेत्र माछापोखरी देखि संगम टोल, मियाँपाटन, अन्नपुर्ण टोल हुँदै वेसलाइन स्कुल क्षेत्र भित्रका सवै क्षेत्र सिल गरेको सूचनामा जनाइएको छ । आगामी साउन २६ गते सम्म सिल गरिएका क्षेत्रहरुमा खाद्यान्न र तरकारी पसलहरु विहान ११ वजेबाट २ बजे सम्म खोल्न अनुमती दिइएको छ भने अत्यवश्यक सेवाका अन्य सेवाहरु भने सूचारु हुने सूचनामा उल्लेख गरिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...