आदिबासी जनजातीहरुको राष्ट्रिय पर्वहरुमा गरिएको बिदा कटौतीको पुनर्स्थापनाको माग गर्दे माइतीघर मण्डला घेराउ |
जनजाती बिशेस
‘लामो समयदेखि नेपालका आदिवासी जनजातिको सभ्यता, संस्कृति, धर्म, पहिचान, इतिहाससँग जोडिएका राष्ट्रिय पर्वहरू २०६२/६३को परिवर्तनपछि प्राप्त भएको थियो’, उपाध्यक्ष छन्त्यालले भने ‘तर अहिलेको सरकारले खोस्यो। त्यो पुनर्स्थापित गर भन्ने मात्रै हाम्रो माग हो। हिजो हामीले पाइरहेको विदा हामीले पाउनुपर्यो भन्ने मात्र हो।’
यसैगरी महासंघका प्रवक्ता तथा नेपाल मगर संघका अध्यक्ष नविन रोकामगरले नेपालको संविधानको मर्मअनुसार सबै जाति, समुदायको भाषा, धर्म, सामाजिक मूल्यमान्यता, धर्मलाई समान अधिकार र अवसर दिनुपर्ने भन्दै तर अहिलेको सरकारले आदिवासी जनजातिको पर्व कटौती गरेर असमान व्यवहार गरेको बताए। उनले कुनै समुदायको पर्वलाई राष्ट्रिय पर्व भन्ने र कसैको पर्व विदा कटौती गरेर राज्यले असमान व्यवहार गरेको भन्दै पर्व विदा कटौती पुनर्स्थापित गरेर समान ढंगले राष्ट्रिय पर्व कायम गर्न माग गरे।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन, तमु ह्युल छोंज धिका अध्यक्ष रेशम गुरूङ, बौद्ध धर्म गुरू आचार्य नुर्बु शेर्पा, रणवीर सुनुवार, फुलमान चौधरी लगायतले सरकारले आदिवासी जनजातिको माग सम्बोन नगरे आन्दोलन अझ ब्यापक बनाउने बताए। बुधवार दिउँसो १ बजेदेखि शुरू भएको माइतीघर मण्डला घेराउ कार्यक्रम दिउसो ३ बजेसम्म चलेको थियो। 
