पोखरावासी स्याङ्जालिहरुको अधिबेशन सम्पन्न |

गृह

पोखरावासी स्याङ्जालिहरुको अधिबेशन सम्पन्न |
पुस २७ फिसटेल न्युज सम्बत्दाता पोखरा :-स्याङ्जाली सम्पर्क सदन पोखराको २५ औ बार्षिक साधरण सभा एवम् १२ औ अधिबेशन, प्रदेश निति तथा योजना आयोग गण्डकी प्रदेश पोखराका उपाध्यक्ष डा.गिरिधारी शर्मा पौडेलको प्रमुख आतिथ्यतामा छोरेपाटन स्थित सदनकै सभाहल सम्पन्न भएको छ । प्रमुख अतिथि शर्माले - अबको दिनमा जागीरे प्रथालाइ त्यागी,उद्योग ,कारखाना ,कृषि ,स्वरोजगारमा लाग्नुपर्नेमा जोड दिनु भयो । सुकदेब गौतमको संयोजकत्वमा गठित निर्वाचन मण्डलले लिलाप्रसाद पङ्गेनीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ,जस्को प्रथम उपाध्यक्ष लालिमाया रेग्मी ,दित्तिय उपाध्यक्ष तारा गौतम ,तृतीय उपाध्यक्ष डोलराज पोखरेल ,महासचिव धर्मराज अर्याल ,सचिव गोबिन्द काफ्ले ,कोषाध्यक्ष बिष्णुमाया गुरुङ रहनु भएको छ भने सदस्यहरुमा किशोर पौडेल ,शिव थापा ,धर्मदत्त तिमिल्सिना ,बिष्णुप्रसाद पोखरेल ,दिनदयाल पाण्डे ,रुक्मांगद भण्डारी ,कृष्णप्रसाद पोखरेल ,टङ्कप्रसाद चापागाईं सर्वसम्मत चयन हुनुभएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...