नदीमा नुहाउन गएका ३ जना महिला बेपत्ता ।

none

नदीमा नुहाउन गएका ३ जना महिला बेपत्ता ।
सेप्टेम्बर २ कपिलवस्तु :-कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६मा बेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउन गएका ३ जना महिला बेपत्ता भएका छन्। हरितालिका तीजका अवसरमा नुहाउन गएका तारा कहार, खुब्बु रैदास र तारामति कोहार बेपत्ता भएका छन्। बेपत्ता भएकाको खोजी भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ। घटना स्थलमा अहिले प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जवरालगायतको सुरक्षा टोली पुगेको छ। रासस-

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...