क्या राम्रो स्याउ बारी, मार्फा गाउँमा’का गीतका रचयिता वसन्ती लालचन रहेनन् ।

none

क्या राम्रो स्याउ बारी, मार्फा गाउँमा’का गीतका रचयिता वसन्ती लालचन रहेनन् ।

सेप्टेम्बर १८ काठमाडौँ :-क्या राम्रो स्याउ बारी, मार्फा गाउँमा’का गीतका रचयिता वसन्ती लालचनको उपचारको क्रममा निधन भएको छ ।संगीतकार सुनील थापा भन्छन्, ‘यो गीतले गाउँको चिनारी र पहिचानका लागि गीत रेकर्ड गराउने परम्परा नै बसाल्यो ।’ यो गीत अहिलेसम्म धेरैको जिब्रोमा झन्डिएको छ भने साँस्कृतिक कार्यक्रम होस् या विद्यालयका गतिविधि यो घन्किहाल्छ । यस्तै गाउँ चिनाउने गीत तथा मौलिक शब्द उन्ने गीतकार वसन्तीको निधन भएको छ । उनको उपचारको क्रममा शनिबार मध्याह्न मेदान्त अस्पताल भारतमा निधन भएको हो ।

उनको निधनले नेपाली मौलिक गीतका क्षेत्रमा अतुलनीय क्षति पुगेको छ । ‘क्या राम्रो स्याउ बारी, कहाँबाट आयौ तिमी, चौरीको गोठ, घान्द्रुककी ठिटी म तजस्ता चर्चित गीतका रचयिता वसन्ती दिदीको निधनले हामी मर्माहात छौं,’ वसन्तीका सबै गीतमा संगीत भरेका सुनीलले भने, ‘उहाँ सरल र सबैले बुझ्ने खालका मौलिक गीत लेख्नुपर्छ र हामीले गाउँ चिनाउनुपर्छ भन्नुहुन्थ्यो ।आफूलाई गाउँकै सौन्दर्य र वातावरणले लेख्न प्रेरणा दिएको बताउँदै आफूले गीतमार्फत स्थानीय पर्यटनलाई उजागर गर्न चाहेको लालचन बताउँथिन् । तर, अब उनको यो रहर पूरा हुन पाएन ।

थकाली सेवा समितिका अध्यक्ष विश्वमोहन गौचनले नेपालमा गाउँको गीत निर्माण गर्ने प्रचलनको विकास हुनुमा वसन्तीका गीतहरुको ठूलो भूमिका रहेको बताउँछन् । वसन्ती विश्व गौचनकी बहिनी र गीतकार विनोद गौचनको दिदी हुन् । उनको झन्डै ३० वटा गीत रेकर्ड भएका छन् । लालचनको श्रीमान राजेन्द्र लालचन पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।फोक्सोमा पानी जमेर अवस्था जटिल बन्दै गएपछि उनलाई उपचारको लागि भारतको मेदान्त अस्पताल लगिएको थियो । उनको शब सोमबार पोखरा आइपुग्ने परिवार स्रोतले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...