नेपाली समाज युएइको अध्यक्षमा गोबिन्द ढकालको उम्मेदवारी ।

none

नेपाली समाज युएइको अध्यक्षमा गोबिन्द ढकालको उम्मेदवारी ।
अगस्ट २८ युएई मनु कोंमे तमु :- युएई को तातो सरगर्मी मौषम सँगसँगै यतिखेर नेपालीहरुको विभिन्न संघ संगठनहरुको क्षेत्रीय र केन्द्रीय अधिवेशनहरुको पनि सरगर्मी बढेको छ । युएईमा लगभग एक सय को हाराहारीमा नेपाली संघ संस्थाहरु छन तर ती सबै संघ संस्थाहरु मध्य सबैभन्दा पुरानो १९९० मा स्थापित संस्था हो नेपाली समाज युएई । यहीँ आउदो सेप्टेम्बर ०६ तारीखका दिन १४ औं आसन्न महाधिवेशन हुदैछ । विगत लामो समय देखि युएईमा कार्यरत गोरखा जिल्लामा जन्मेका सालिन तथा बौद्धिक व्यक्तित्व , समाज सेवी र सहयोगी मनका धनी गोविन्द ढकाल ले आफ्नो फेसबुक वाल मार्फत एक सूचना जारि गर्दै नेपाली समाज युएइको १९/२१ कार्यकाल को लागि अधक्ष्य पद मा आफ्नो उमेद्वारी घोषणा गरेका छन्। ढकालले आफ्नो फेसबुक वालमा जारि गरेको बिज्ञप्ति मा आफ्नो कार्य योजना समेत सार्बजनिक गर्दै सामाजिक काम को लागि सबै संग हातेमालो प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्ता छन् ढकालका कार्ययोजनाहरु :--

 युएइ मा रहेका नेपालीहरुको समस्यालाई समाधान गर्न सम्पूर्ण संघ/संस्थाहरु संग सहकार्य गर्दै नेपाली समाज प्रती सबै नेपालीको बिस्वास बढाउने छु ।  नेपाली समाजको आर्थिक कोषलाई मजबुद बनाउदै आजिबन तथा साधारण सदस्यहरुलाई सहयोग राशि घोषणा गर्नेछु ।  युएइमा क्रियासिल सम्पुर्ण सामाजिक, राजनैतिक, जातिय क्षेत्रीय एबं अन्य संघ/संस्थाहरु संग सहकार्य गर्दै,नेपाली समाजलाइ सबैको साझा फुलबारी हो भन्ने आभाष गराउने छु ।  युएइमा रहेका नेपालीलाई भई परि आउने आपत बिपत एबं अन्य समस्यालाई नेपाली राज दुतावासबाट आबस्यक सल्लाह सुझाब लिइ दुताबास र नेपाली समाजको सहकार्यमा आर्थिक कोष खडा गरि समस्यामा परेका नेपालीहरुको नैतिक एबं कानुनी उपचार गर्दै समस्या समाधान गर्न प्रयत्न गर्नेछु ।  नेपाली कला संस्कृतिको जगेर्ना गर्दै विभिन्न चाड,पर्ब बिसेष कार्यक्रमको आयोजना गर्नेछु ।  युएइ कार्यरत नेपालीहरु रहेका क्याम्पमा गई जनचेतनामूलक कार्यक्रम गरिने छ, जसमा नेपाली राजदुतावासको पनि सहकार्यको लागि ध्यानकर्षण गराईने छ ।  नेपाली महिलाहरु संग जोडिएका समस्यालाई उच्च प्राथमिकतामा राख्दै समन्धित निकायको सहयोगमा समाधान तर्फ लाग्न प्रयत्न गर्नेछु ।  बिगतमा नेपाली समाजमा आबद्द भई बिशेष कारणले समाजबाट बाहिरिनु भएको सम्पुर्णलाई स-सम्मानका साथ समाजमा ल्याउने प्रयास गर्नेछु ।  युएई रहनु हुने पत्रकार,ब्यापारी,समाजसेवि,कलाकार सबै संग सुमधुर सम्बन्ध बनाई आपसी छलफल गर्दै बैचारिक एबं सात्काक्षर कार्यक्रम गरिने छ,साथै सबै संघ संस्थाहरु संग कार्यगत सहकार्यमा जोड दिइनेछ ।

अन्त्यमा, हाल नेपाली समाज युएईले आयोजना गर्ने बिभिन्न किसिमका कार्यक्रममा सहयोग गर्दै आएको सबैमा सर्ब-बिदितै छ । तपाईंहरुको साथ सहयोग र हौसलाले आगामी दिनमा अझै बढी मेहनत र कडा परिश्रम गर्दै निरन्तर सामाजिक सक्रियतामा रहेर यहाँका संघ संस्थाहरुसंगको सामुहिक कार्य योजना र निष्ठावान साथिहरूको मद्दत लिएर एउटा नमुना नेपाली समाज बनाउन पल गर्नेछु । नेपाली समाज केन्द्रीय समिति,विभिन्न जिल्लाका कार्य समितिहरु र राजदूताबासको सहकार्यमा नेपाली माथी आपत बिपत पर्दा न्यायोचित कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सम्पुर्ण संघ संस्था,आजिबन सदस्य,प्राषद सदस्यमा साथ सहयोग को लागि हार्दिक अपिल गर्दछु । आशा छ नेपाली समाजलाई उच्च स्थानमा पुर्याउने मेरो सपनामा हजुरहरुको साथ र सहयोग हुनेछ ।

को हुन् ढकाल ?

गोर्खा सेवा समाज युएइ सस्थापक सल्हाकार, नेपाल बिस्व सहयोग संघ युएइ का उपाधक्ष्य हुदै सोहि सस्था का अधक्ष्य भइ सामाजिक कामगर्दै आएका ढकाल युएईमा स्थापित विभिन्न संग संगठनहरु ले चलाएका विभिन्न सामाजिक अभियानमा नेतृत्वदायी भुमिका खेल्दै आइरहेका छन्। नेपाली समाज युएइको संयोजनमा गत वर्ष ( २०१८) मा संयुक्तरूपमा संचालित संयुक्त बाढिपिडित सहयोग कार्यक्रममा प्रमुख भुमिका निभाएर चर्चा कमाउन सफल ढकाल नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा ५५ वटा संघ संस्था हरु द्वारा आयोजित संयुक्त बुद्ध जयन्ती कार्यक्रम र नेपाली समाज युएइको संयोजनमा आयोजित संयुक्त तीज धमाका कार्यक्रम समेत आफुलाई अगाडी देखाउन सफल भएका थिए। सबै जातजाति , वर्ग र सामुदाय हरु सँग घनिष्ठ सम्बन्ध राख्न सफल ढकाल सबैलाई समेटेर लैजान सक्ने कुशल बौद्धिक व्यक्तित्व र परदेशमा रहेर पनि सबै नेपाली हरु सँग भाइचारा को प्रगाढ सम्बन्ध राख्न सक्ने मिलनसार व्यक्तिका रुपमा सबैमाझ परिचित छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...