शेर्पा किदुग युएईको ग्याल्पो ल्होसार सांस्कृतिक कार्यक्रमको तयारी पूरा।

जनजाती बिशेस

शेर्पा किदुग युएईको ग्याल्पो ल्होसार सांस्कृतिक कार्यक्रमको तयारी पूरा।
मार्च २ मनु कोंमे तमु फिष्टेल न्यूज:-"शेर्पा किदुग युएईको शान,शेर्पा भाषा,कला र संस्कृतिको पहिचान भन्ने मुल नारा ‘ का साथ आउदो २०२० मार्च ०६ तारिख शुक्रबार युएईको दुबई स्थित एभरेष्ट क्लब एण्ड रेष्टुरेन्ट बर दुबईमा शेर्पा किदुग युएईले मनाउन गइरहेको बुद्धधर्माबलम्बी शेर्पाहरुको राष्ट्रिय पर्व नयाँ बर्ष ग्याल्पो ल्होसार २१४७ औं च्याग फो - चिवा ल्हो बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ। उक्त कार्यक्रममा नेपाल बाट अतिथि कलाकारको रुपमा गायक एपि शेर्पा र गायक गोन्पो शेर्पा युएई आउने भएको छ।कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथि कलाकार गायक एपि शेर्पा र गायक गोन्पो शेर्पाको बिशेष सांगीतिक प्रस्तुति धमाका सहित युएईमा चर्चित स्थानीएय ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ। उक्त ल्होसार कार्यक्रमको संयोजकमा निमा शेर्पा र नुरु पिनासा शेर्पा रहेको छ। त्यसैगरी प्रचार प्रसार व्यवस्थापनमा मिग्युर शेर्पा रहेको छ भने सांस्कृतिक कार्यक्रमको व्यवस्थापनमा आङ्ग गेलु शेर्पा रहेको छ। ल्होसार कार्यक्रममा आवातजावतको लागि अबुधाबी,अलऐन र रसलखैमाह बाट नि:शुल्क यातायातको व्यवस्था समेत गरेको छ। ल्होसार कार्यक्रम लाई भव्य र सभ्य पार्नको निमित्त युएईमा क्रियाशिल संघ संस्थाका प्रमुख , प्रतिनिधि, व्यवसायी, समाजसेवी,पत्रकार, बुद्धिजीवी महानुभाव,कलाकार,सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरु लाई शेर्पा किदुग युएईले उपस्थितिको लागी निमन्त्रणा समेत गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...