तमु प्ये ल्हु संघको २८ औ साधरण सभा चितवनमा हुदै |

मूलबासि /भूमिपुत्र

तमु प्ये ल्हु संघको २८ औ साधरण सभा चितवनमा हुदै |
भदौं २० फिस्टेल न्यूज सम्बाददाता पोखरा:-तमु प्ये ल्हु संघ केन्द्रिय समितिको २८ औ साधरण सभा चितवनको नारायण घाटमा असोज ६ गते शनिबार हुने भएको छ ।संघले केही बर्ष यतादेखी बार्षिक साधरण सभालाई घुम्तिको रूपमा विभिन्न जिल्ला शाखाहरुको ब्यबस्थापनमा गर्दै आइरहेको केन्द्रिय अध्यक्ष हितकाजी टु तमुले फिस्टेल न्युजलाइ बताउनु भयो । अगामी असोज ६ गते तमु प्ये ल्हु संघ चितवन शाखाको ब्यबस्थापनमा नारायण घाटको स्थानीय सभाहलमा हुन गइरहेको २८ औ साधरण सभामा ताप्लेजुङ ,मोरङ,सङ्खुवासभा,तेह्रथुम ,चितवन,काठमाडौ ,नवलपरासी ,रुपन्देही ,बर्दिया ,रोल्पा ,स्याङ्जा ,कास्की ,तनहुँ ,गोर्खा ,लमजुङ शाखाका र केन्द्रिय महिला ,केन्द्रिय युवा ,केन्द्रिय पच्यु,केन्द्रिय क्ल्हेप्री,केन्द्रिय बोन्पो लम,केन्द्रिय पैडी समिति ,सस्थापक,परम संरक्षक एवम् सह संरक्षक सदस्य / प्रतिनिधिहरु सहित झन्डै ३०० जनाको सहभागीता रहने स्रोतले जनाएको छ । साधरण सभा सम्पन्न गर्नका लागि केन्द्रिय अध्यक्षको संयोजकत्वमा मुल आयोजक समिति पनि गठन गरि सकिएको केन्द्रिय सचीव बुद्धि चह्म्रु तमुले बताउनु भएको छ भने कार्यक्रमलाई अत्यन्तै चुस्तरुपले भब्य र सब्य बनाउन चितवन शाखाले पनि विभिन्न उपसमितिहरु गठन गरेको तृतीय उपाध्यक्ष तुलराम टु तमुले चितवनबाट जानकारी गराउनु भएको छ । तुलराम टु तमुका अनुसार ६ गते बिहान चितवनवासी तमु समुदायमाझ केन्द्रिय समितिले तमु जातिको प्ये ता ल्हु ता सम्बन्धि अन्तरक्रिया समेत गर्न लागिएको बताउनुभयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...